डब्ल्यूएचओको यस्तो डरलाग्दो चेतावनीले युरोपभर त्रास

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली देशलाई कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै यहाँ पनि कोरोना पोजेटिभ केसको आँधी आउन सक्ने चेतावनी दिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले बिहिबार भने, ‘जब प्रतिबन्ध खुकुलो पारियो तब मानिसहरु भारी मात्रामा एकै ठाउँ जम्मा हुनथाले, जब भाइरसको अत्यधिक संक्रामक भेरियन्ट देखिन थाल्यो र भ्याक्सिनेसनको दर निकै कम भए, यस्तो स्थितिमा कुनै पनि देशमा कोरोनाको आँधी आउन सक्छ ।’ उनले भने, ‘भारतजस्तो स्थिति कुनै पनि बेला निम्तिन सक्छ भन्ने कुरा बुझ्न अत्यावश्यक छ ।’

हालैका दिनमा कोरोना संक्रमितको संख्यामा लगातार वृृद्धि भइरहेको छ । जानकारका अनुसार विभिन्न कारणले ठूलो संख्यामा मानिसहरुको एकै स्थानमा भीडभाड हुनु यसको मुख्य कारण हो । जानकारका अनुसार भारतमा कोरोना महामारीको दोस्रो घातक लहरका लागि कोरोना भाइरसको भारतीय भेरियन्ट B.1.617 जिम्मेवार छ ।

हेन्स क्लूगले भने, ‘युरोपेली देशले यो कुरालाई ध्यानमा राख्नुपर्छ कि महामारीको दिशा परिवर्तन गर्नमा निजी र सामूहिक स्वास्थ्य र सामाजिक दुरीको उपाय प्रमुख कारक हुन सक्छन् । दुई महिनामा पहिलो पटक अघिल्लो हप्ता युरोपमा कोरोना संक्रमणको मामिला ‘निकै कम’ भएको छ । तर थुप्रै इलाकामा संक्रमण दर अहिले पनि अत्यधिक छ ।’

उनका अनुसार मानिसहरुलाई भ्याक्सिन दिने काममा पनि युरोपको प्रदर्शन निकै राम्रो छ । यहाँ करिब सात प्रतिशत मानिसहरुलाई कोरोनाको भ्याक्सिन दिइसकिएको छ जबकी १६ प्रतिशत मानिसहरुलाई भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ ।

हालै युरोपका केही देशले कोभिड–१९ का कारण लगाइएको प्रतिबन्धमा चरणबद्ध तरिकाले खुकुलो पार्न सुरु गर्ने बताएका थिए । फ्रान्सले १९ मेदेखि लकडाउनमा राहत दिन सुरु गर्ने र जून ९ देखि उनीहरुले हेल्थ पाससहित आउने विदेशी पर्यटकलाई अनुमति दिने बताएको थियो । यहाँ १९ मे देखि रेष्टुरेन्ट, बार, थिएटर खोल्ने अनुमति पनि हुनेछ ।

जर्मनीका अनुसार जो मानिसहरुले भ्याक्सिनको दुबै डोज पाएका छन्, उनीहरुले कोरोना परीक्षणको सर्टिफिकेट बिना नै पसलमा जाने अनुमति हुनेछ । यसबारे जर्मनीले चाँडै नै दिशानिर्देश जारी गर्नसक्छ

भारतमा कोरोना संक्रमणको चेन तोड्न केही हप्ता पूर्ण लकडाउन अति आवश्यक- डा.फौची अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा कोरोना संक्रमणको ‘सुनामी’ रोक्नका लागि केही हप्ता पूर्ण रुपमा लकडाउन गर्नुपर्ने बताएका छन् । कुनै पनि देश लकडाउनमा जान नचाहे पनि कोरोना संक्रमणको चक्र तोड्नका लागि भारतमा केही हप्ता लकडाउन आवश्यक रहेको डा. फौचीको भनाइ छ ।

भारतीय अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा. फौचीले भारतले कोरोना संक्रमण रोकथाममा के कस्ता उपाय अपनायो भन्दा राजनीतिक मुद्दा बन्ने बताए । उनले भने, ‘भारतले कोरोना संक्रमणको स्थितिलाई कसरी सम्हालिरहेको छ भन्दा यो राजनीतिक मुद्दा बन्छ । म यसबारेमा केही भन्दिनँ, म स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्ति हुँ राजनीतिज्ञ होइन ।

’ उनले पछिल्लो समय भारत अत्यन्तै कठिन र निराशाजनक अवस्थामा रहेको पनि बताएका छन् । उनले कुराकानीमा भनेका छन्, ‘जब तपाईं यस्तो परिस्थितिको सामना गर्नुहुन्छ, तत्कालै समग्र रुपमा विचार गरेर निर्णय लिनुपर्ने हुन्छ ।’

कोरोना भाइरसविरुद्धको खोप लगाउनु महत्वपूर्ण भए पनि त्यसको असर देखिन केही समय लाग्ने भएकाले अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने पनि उनको भनाइ छ । उनी भन्छन्, ‘खोप एउटा उपाय हुन सक्छ । यो अत्यन्त आवश्यक पनि छ तर अहिले अस्पतालमा अक्सिजन अभाव, बेड अभाव जस्ता समस्यालाई यसले कम गर्दैन । खोपको प्रभाव देखिन केही समय लाग्छ ।’sanchar kendra

Leave a Reply

Your email address will not be published. Required fields are marked *