प्रचण्डको अर्को सफेद झुट पकडियो, यसरी बनाउँदैछन् सबैलाई बेवकुफ

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को सफेद झुट पर्दाफास भएको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकता हुनुअघि संविधानको धारा ७६ (२) अनुसार बनेको गठबन्धन सरकारबारे प्रचण्डले एकपटक फेरि भ्रमपूर्ण अभिव्यक्ति दिएर जनतालाई उल्लु बनाउन खोजेका हुन् ।

७६ (२) अनुसार बनेको गठबन्धन सरकार एमाले-माओवादी एकतापछि ७६ (१) मा परिणत भएको थियो । तर सर्वोच्चको फागुन २३ को फैसलाले पार्टी एकता खारेज गरेपछि फेरि ७६ (२) मै झर्यो । पहिलेकै अवस्थामा आएकाले सरकारले विश्वासको मत लिनु परेन । लिएन ।

तर यो तथ्यलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नो हिसाबले प्रस्तुत गरेर भ्रम छरेका हुन् । २०७४ फागुन ३ मा आफैले समर्थन दिएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको तथ्य बिर्सिएर प्रचण्डले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीको सरकारलाई कुनै प्रकारको औपचारिक रुपमा लिखित समर्थन नदिएकोले फिर्ता लिनु नपर्ने दाबी गरेका छन् । एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिने क्रममा उनले सो दाबी गरेका हुन् ।

पछिल्लो संसदीय निर्वाचन पछि बाम गठबन्धनले राष्ट्रपति समक्ष उपस्थित भएर औपचारिक पत्र प्रस्तुत गर्दै सरकार गठन गर्ने दाबी गरिएपछि सोको जानकारी राष्ट्रपति कार्यालय द्वारा २०७४ फागुन ३ गते विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियो ।

यसबारे औपचारिक दस्तावेज हुदाहुदै पनि उच्च तहका नेताबाट भ्रमपूर्ण अभिव्यक्ति आउने कुरा बुझि नसक्नु भएको छ ।यस्तो छ राष्ट्रपति कार्यालयको २०७४ फाल्गुण ३ गतेको पत्र nepalpana.com:

Leave a Reply

Your email address will not be published. Required fields are marked *