सांसद अपहरणको आरोप लागेका महेश बस्नेत जनमोर्चाका सांसद राखेकै अस्पतालमा भेटिए 16.3k Shares

पोखरा । एमालेका नेता एवम् प्रतिनिधि सभाका सां`सद महेश बस्नेत गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई अपहरण गरेर राखिएको आरोप लागेको अस्पतालमा पुगेका छन् ।

एमालेको गण्डकी प्रदेश सरकार ढल्ने निश्चि`त सरह भए`पछि राष्ट्रिय जनमोर्चाका सांसद शाही बुधबार आचनक बेपत्ता भएका थिए । केही समयपछि शाही पोखरास्थित चरक अस्पतालको आइसीयुमा भेटिएका थिए ।

चरक अस्पताल एमालेका गण्डकी प्रदेशका सांसद राजिव पहरीको हो । सो अस्पतालको अध्यक्ष राजिव पहरीकी पत्नी सिर्जना पहरी अध्यक्ष छिन् । राजिव पहरीले अस्पतालमा महेश बस्नेत`लाई स्वा`गत गरेका छन् ।

यसअघि, एमा`लेका नेता बस्ने`तलाई संघीय समाज`वादी पार्टीका प्रतिनिधि सभाका सांसद डा.उमाशंकर अडगरियालाई अपहरण गरेको आरोप लागेको थियो । जनमोर्चाका सांसद शाहीलाई एमालेले अपहरण गरेको आरोप अध्यक्ष चित्रबहादुर केसीले लगाइरहेका बेला बस्नेत सोही अस्पतालमा आइपुगेका छन् ।

एमालेका नेता पहरीको चरक अस्पतालले सां`सद शाही`को कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जना`एको छ । यसअघि गण्डकी प्रदेशकै बैठकमा पहरीले नै संसद अब`रोध गरेर पीसी`आर परीक्षण गराएका थिए । शाहीको रिपोर्ट नेगेटिभ थियो ।

गण्डकी सरकारविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वा`सको प्रस्तावमा मतदानको प्रक्रिया शुरु हुनै लाग्दा आफ्ना सांसद शा`हीलाई अचानक अस्पताल पुर्‍याइएको घटनालाई राष्ट्रिय जनमोर्चाले एमालेको षड्यन्त्रपूर्ण गतिविधि भनेको छ ।

अविश्वासको प्रस्तावका पक्ष`मा बहुमत पुग्ने दे`खेपछि सत्ता जोगाउन एमालेको सरकारले आफ्ना सांस`दलाई अपहरण गरेको जन`मोर्चाको आरोप छ ।

पोखरामा चरक`भन्दा राम्रा अस्पता`लहरू छन् । जनमो`र्चाका सांसद शाहीलाई एमालेका नेता एवम् सांसद पहरीकै अस्पतालमा भर्ना हुनुको कारण पनि रहस्यपूर्ण छ ।

खड्गप्रसाद ओलीको केन्द्रीय सरकार जोगाउन गत वर्ष लक`डाउनका बेला पूर्वआईजीपी सर्वेन्द्र खनालसँग राता`रात मधे`श झरेर सां`सद डा.अडगरियालाई काठ`माडौं ल्याएका एमा|ले नेता बस्ने`त चर`क अस्पतालमा देखिएपछि जनमोर्चाले अपहरणको आशंका गरेको छ ।

सांसद शाहीलाई भेट्न नदि`इएको भन्दै अध्यक्ष केसीले अपहरणको आशंकालाई बल पुगेको ब`ताएका छन् । शाहीलाई भेट्न` गएका जनमोर्चा कास्कीका अध्यक्ष शंकर ब`राललाई अस्प`तालको गेटमै रोकेपछि ठूलो योजनाका साथ सत्ता टिकाउने खे`ल भइरहेको जनमोर्चाको बुझाई छ ।

कास्की`का प्रमुख जिल्ला अधिका`रीलाई फोन गर्दै बरालले सांसद शाहीको अवस्थाबारे जान`कारी लिन पाउ`नुपर्ने भने पनि अस्पतालले रोकेको बताएका छन् ।

अस्पतालका डा.बद्री पौडेलले ‘उहाँ मर्न पनि सक्नुहुन्छ’ भनेको जनमोर्चाका अध्यक्ष बरालको भनाइ छ ।

‘उहाँ मर्न पनि सक्नु`हुन्छ भनेर डा.पौडेलले भनेको छ’, अध्य`क्ष पौडेलले भने, ‘मार्ने इन्जेक्सन लगाएर राखेको रहेछ कि के थाहा ।’अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सांसद भएकाले सरकारले राज्य शक्तिको दुरुपयोग गरेर लुकाएको पनि उनले आरोप छ ।

जनमोर्चाका सांसद शाही बुधबार बिहान साढे ११ बजे सम्पर्कमा थिए । त्यसपछि फोन स्विच अफ भएको थियो । Republic dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *