‘एमसिसी अमेरिकाले सित्तैमा दिएको सहयोग हो भ्रम नफैलाउ’

कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाले गर्ने भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) काे आर्थिक सहयोग सित्तैमा आएको बताएका छन् ।

कोभिड नियन्त्रण सम्बन्धका विषयमा सुझाव दिन आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बिना ब्याजमा एमसिसीको सहयोग सित्तैमा आएको बताएका हुन् ।

‘एमसिसी मैंले मात्र होइन । बाबुराम, सुशीलको पालादेखिकाे विषय हाे । अमेरिकी याे सहयोगमा ब्याज दिनुपर्ने छैन । सित्तै दिएको सहयोग हो । तर सहयोगमा भ्रम फैलाए’ देउवाले भने, ‘अमेरिकी सेना आउँछ भनेर झुटा प्रचार गरियो । यस्तो केही हुँदैन । यो नचाहिँदो हल्ला हो ।’

यो पनि कैलाली निषेधाज्ञाको दोस्रो दिन :उल्लङ्घन गर्ने ३४४ सवारी साधन होल्ड को`रोना संक्र`मण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा जारी गरेको छ ।

जारी निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुरक्षाकर्मीहरूको टोली सडकमा निस्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले आज मध्या न्हसम्म जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा उल्लङ्घन गर्ने ३४४ सवारी साधनलाई होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले
जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा उल्लङ्घन गर्ने ५६४ जना सर्वसाधारणलाई सम्झाई बुझाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले कैलाली र धनगढी आसपासका क्षेत्रमा कडाइ गरेको जनाएको छ ।ktm dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *