खाद्यान्न ढुवानी गर्ने सवारी दिनभर सडकमा

निषेधाज्ञाका बेला खाद्यान्न ढुवानीमा कुनै अवरोध नहुने जानकारी पाएपछि बनेपा निवासी तिलक दाहालले बल्खुबाट खाद्यान्न ढुवानी गर्ने गाडीमा दाल र चामल लोड गरे । खाद्यान्न लोड गरेका गाडी उनले साढे ९ बजे बनेपा पुर्‍याए । खाद्यान्न लोड भएको गाडी बनेपासम्म पुग्दा दाहाल`लाई ट्राफिक र प्रहरीले अव`रोध गरेनन् । तर त्यही गाडीलाई खाद्यान्न ढुवानी गर्न फेरि बल्खु आउँदा बल्खु पुलमा प्रहरीले समात्यो ।

‘खाद्यान्न लोड गरेको गाडी गुड्न दिने तर रिलोडका लागि हिँडेकालाई रोकियो । प्रहरीले माथिको आदेश भन्दै समातेको छ,’ दाहालले गुनासो गरे, ‘सरकारकै नीतिका कारण सामान अभाव हुन्छ । ढुवानी गर्न नदिए आपूर्ति कसरी सहज हुन्छ ?’ दाहालका अनुसार साँझ ५ बजेसम्म प्रहरीले खाद्यान्न ढुवानी गर्ने करिब २५ गाडी समातेका थिए । ‘चामल, दालको भ्याट बिल र परिचयपत्र देखाउँदासमेत बल्खु पुलमा गाडी रोक्नुपर्‍यो,’ उनले भने ।

खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि थोक बजारका गाडी प्रहरीले रोकेको बताए । खाद्यान्न ढुवानी गर्ने साधन अत्यावश्यक भए पनि बिहान १० बजेपछि ढुवानीमा अवरोध भएको उनको भनाइ छ । ‘थोक बजारबाट गाडीमा सामान पठायो । अनलोड गरेर अर्को सामान लिन जाँदा प्रहरीले रोक्यो ।

सामान लोड भएको ढुवानी गर्न पाउने तर लोड नहुँदा सवारी चल्न नदि`एको धेरै गुनासो आयो,’ चेम्बर अर्फ कमर्स`का आ`पूर्ति सभापतिसमेत रहेको श्रेष्ठले भने, ‘प्यान, भ्याटसहितका कागजात दिँदा पनि बल्खुबाट गाडी समातिएका गुनासा धेरै आए ।’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने खाद्यान्न ढुवानीमा कुनै समस्या नभएको बताएको छ ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक उपभोग्य वस्तु, स्वास्थ्य सुरक्षा सामग्री उत्पादन, प्रशोधन, ढुवानी तथा वितरण गर्ने उद्योग व्यवसाय सञ्चा लन गर्न दिने, उद्योगी व्यवसायी तथा कर्मचारीलाई तोकिएबमोजिमको मापदण्ड पालना गरी आवतजावत गर्न सम्बद्ध उद्योग व्यवसायबाट जारी भएको परिचयपत्रका आधारमा स्थानीय प्रशासनले सहजीकरण गर्नेसमेत निर्णय गरेको छ ।

तरकारी खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीसाधनमा परिचय र प्रयोजन खुल्ने ब्यानरका साथ तोकिएको मापदण्ड पूरा गरी सवारी सञ्चालन गर्न सहजीकरण गर्ने, उत्पादन आपूर्ति तथा वितरण प्रणालीमा आउन सक्ने अवरोधलाई तत्काल स म्बोधन गर्न गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयस हितको सहभागितामा पदाधिकारी ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरेको छ ।

मन्त्रालयले र्‍यापिड रेस्पोन्स टिम गठन गरे पनि नामको मात्र भएको व्यवसायी बताउँछन् । ‘मन्त्रालयले खाद्यान्नको ढुवानीमा समस्या हुँदैन भन्दै आएको छ । आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठलाई भेटेरै पनि हामीले भनेका थियौं,’ सभापति श्रेष्ठले भने, ‘मन्त्रालयले ब्यानेर राखेपछि ढुवानी गर्न सकिने बताए पनि कार्यान्वयन भएन ।’

मन्त्रालयले सहसचिव श्रेष्ठलाई निषेधाज्ञाका क्रममा आपूर्ति व्यवस्था पनको जिम्मा दिएको छ । खुद्रा व्यापार संघका महासचिव अमुलका जी तुलाधरले पनि सामान ढुवानीका क्रममा व्यवसायीले समस्या भोगे को सुनाए । कर्मचारी जान–आउनमै पनि समस्या भएको संघका अध्य क्ष राजकुमार श्रेष्ठले गुनासो गरे ।

‘बिहान पसल खोल्न दिन्छ । तर बन्द गरेर जान अवरोध गरिन्छ,’ उनले भने । इन्धन बोकेर काठमाडौं आउन लागेका १५ ट्यांकरलाई प्रहरी प्रशासनले कुरिनटारमै रोकेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले जानकारी दिए ।

बाटोमा ट्यांकर रोकिएपछि नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई अर्यालले जानकारी गराएका थिए । केही घण्टापछि बल्ल ट्यांकर चल्न दिइएको उनले बताए ।

ग्यास उद्योगका कर्मचारी लिन जाने सवारीलाई पनि प्रहरीले रोकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीको भनाइ छ । ‘सवारी चालकसँग नेपाल ग्यासको पास थियो, पास हुँदा पनि कर्मचारी लिन जाने क्रममा सोह्रखुट्टेमा प्रहरीले रोक्यो,’

नेपाल ग्यासका सञ्चालकसमेत रहेका भण्डारीले भने । कर्मचारी लिन जाने सवारी प्रहरीले ८ बजे नियन्त्रणमा लिएपछि कर्मचारी गाडी त्यत्तिकै छाडेर कार्यालय पुगेका थिए । प्रहरीले ४ बजे मात्रै सवारी छाडेको भण्डारीले बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले भने ढुवानी/आपूर्तिका क्रममा हुने अवरोधलाई स्थानीय प्रशासनले सहजीकरण गर्न जिम्मा लिएको जानकारी दिए ।

खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीका क्रममा समस्या भए छलफल गरेर समस्या समाधान गर्न सकिने उनले बताए । ‘पहिलो दिनमा केही समस्या देखिए सल्लाह गरेर समाधान गर्छौं । पासको व्यवस्था पनि गर्न सकिन्छ,’ उनले भने । kantipurdaliy

Leave a Reply

Your email address will not be published. Required fields are marked *