भोलि देखि लागू हुने गरी चितवनमा निषेधाज्ञा जारी (के के चल्ने के के नचल्ने हेर्नुहोस)

वैशाख १५ । जिल्लामा संक्रिय कोरो`ना संक्रमिि`तको संख्या ५ सय नाघेपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । चितवनमा आज विहान कोरो`नाका संक्रिय संक्रमि`तको संख्या ५८५ पुगेको थियो ।

त्यसपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर भोलि राति देखि लागू हुने गरी निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । निषेधाज्ञा वैशाख ३१ गतेसम्म जारी रहने उहाँको भनाई छ । उहाँका अनुसार वैशाख १६ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहनेछ ।

उक्त समयमा सार्वजनिक आवागमन,बजार संचालन लगायतका बस्तु तथा सेवाको आपूर्तिमा नियन्त्रण तथा नियमन गरिने भएको छ .

अत्यावश्यक काममा बाहेक कोही घरवाहिर ननिस्कने, अत्यावश्यक काम परे स्वास्थ्य मापदण्डको पालना गर्ने,राष्ट्रिय जनगणना २०७८ को हकमा वाहेक सभा सम्मेलन, तालिम, सेमिनार,जात्रा, महोत्सव संचालन गर्न नपाईने, लामो तथा छोटो दुरीका सार्वजनिक निजी सवारी साधन संचालनमा रोक लगाइएको छ । साथै निकुञ्ज तथा सामुदायिक वनभित्र हुने जंगल सफारी, जलयात्रा संचालनमा रोक र खाद्य सामाग्री, तरकारी, फलफूल,दुध, डेरी,ग्यास, पसल, पेट्रोल पम्प लगायत अत्यावश्यक बस्तु तथा सेवा आपूर्ति गर्ने बाहेक अन्य पसल व्यवसाय संचालन गर्न नपाइने निर्णय गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसंगै कुल सक्रिय संक्र`मितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य` कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्र`मित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक्एक जना संक्र`मित थपिएका छन् ।vijayafm

Leave a Reply

Your email address will not be published. Required fields are marked *