स्पेनमा संक्रमण परीक्षण कन्सर्टमा ५ हजार सहभागी, नतिजा आश्चर्यजनक

स्पेनमा गत महिना आयोजित ठूलो परीक्षण कन्सर्टमा भाग लिएका व्यक्तिहरूमा उच्च स्तरको कोरोना सं`क्रमण भएको कुनै संकेत फेला नपरेको अनुसन्धानकर्ताहरूले बताएका छन्‌।

बार्सिलोनाको गिगमा भाग लिएको १४ दिनभित्र गरिएको परीक्षणमा ६ जना मात्रै संक्र`मित भेटिएका छन्‌। त्यहाँ कोरोना परीक्षणपछि करिब पाँच हजार मानिसहरूले भाग लिएका थिए।

कन्सर्टमा सहभागीहरूले मास्क लगाएपनि सामाजिक दूरी कायम गरेका थिएनन्‌। संक्रमित ६ जनामध्ये ४ जनालाई पनि कन्सर्टमा नभइ अन्यत्र जाँदा संक्रमण भएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्‌।

को`रोना संक्र`मण अनुसन्धान प्रयोजनका लागि लभ अफ लेस्बियन नामक ब्याण्डले सो कन्सर्ट आयोजना गरेको थियो।

संक्रा`मक रोग विशेषज्ञ जोसेप मारिया लिलिब्रेले भनेका छन्‌, ‘कार्यक्रममा कोरो`ना भाइरस प्रसारण भएको कुराको कुनै संकेत भेटिएन।’

कोरोना महामारीपछि यूरोपमा भएको यो सबैभन्दा ठूलो कन्सर्ट थियो। परीक्षण नतिजा आएसँगै अब सांस्कृतिक कार्यक्रमहरू अघि बढाउन त्यति जोखिम नभएको त्यहाँका अधिकारीहरूले दाबी गरेका छन्‌।थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *