चितवनमा तत्कालै लकडाउन वा निषेधाज्ञा नहुने

चितवनमा तत्कालै लकडाउन वा निषेधाज्ञा नहुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थाा`पन केन्द्र (डीसीसीएमसी) चितव`नको सोमबार बसेको बैठकले यसबारे कुनै निर्णय गरेको छैन ।

डीसीसीएमसीका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लामिछानेले तत्कालै जिल्लामा लकडाउन वा निषेधाज्ञा नगरिने नारायणी अनलाइनलाई जानकारी दिए ।

‘लकडाउन गर्ने अधिकार सरकारलाई छ, हामी तत्काल निषेधाज्ञा गर्दैनौं’ प्रजिअ लामिछानेले भने ‘संक्रमितको संख्या बढ्दै गए निषेधाज्ञा हुन सक्छ ।’

उनका अनुसार भ`रतपुर महानगर`पालिका भित्र सक्रिय सं`क्रमितको संख्या एक हजार र अन्य नगरपालिकाहरुमा सक्रिय संक्रमितको संख्या दुई बढी देखिएमा निषेधाज्ञा गरिने छ ।

स्वास्थय कार्यालय चितवनका अनुसार सोमबार दिउँसो`सम्म सक्रि`य संक्र`मितको संख्या ३९२ पुगेको छ । चितवनमा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ३४६, रत्ननगरमा २२, कालि`कामा १०, खैरहनीमा ६, राप्तीमा ५ र माडीमा ३ जना संक्र¥मित संक्र`मित रहेका छन् । इच्छाकामना गाउँपालिका भने अहिलेसम्म शून्य सं`क्रमित रहेको छ Narayanionline.

Leave a Reply

Your email address will not be published. Required fields are marked *