भारतमा कोरोनाको ‘सुनामी’

एकैदिन करिब ३ लाख ५० हजार संक्रमित, २७६७ जनाको मृ`त्यु भारतमा कोरोना संक्र`मणको ‘सुनामी’ देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्र`मित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । तीन लाखभन्दा बढी संक्र`मित थपिएको लगातार चौथो दिन हो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ६७ जनाको संक्रम`णका कारण मृ`त्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै भारतमा संक्रम`णका कारण मृ`त्यु हुने १ लाख ९२ हजार ३ सय ११ पुगेको छ। भारतमा अहिलेसम्म १ करोड ६९ लाख ६० हजारभन्दा बढीलाई सं`क्रमण पुष्टि भएको छ भने करिब १ करोड ४० लाख संक्र`मणमुक्त भएका छन्। भारतमा सक्रिय संक्र`मितको संख्या २६ लाख ८२ हजारभन्दा बढी छ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ७४ हजार ४५ जनामा संक्र`मण पुष्टि भएको छ भने ७ सय ७३ जनाको मृ`त्यु भएको छ। त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ७२ जनामा संक्र`मण पुष्टि हुनुका साथै ३ सय ४८ जनाको मृ`त्यु भएको छ। दिल्लीमा गएको संक्र`मण विस्फो`टक ढंगले बढ्न क्रमसँगै अक्सिजन र बेडको नपाएर संंक्रमि`तहरुको बिचल्ली भएको छ। रेम्डेसिभिरलगायत औषधिको चरम अभाव देखिएको छ। पछिल्ला दिनमा संक्र`मित हुने र निको हुने संख्याबीचको फरक पनि बढ्दै गएको छ।

भारतमा देखिएको कोरोनाको पछिल्लो लहरलाई दिल्ली उच्च अदालतले त ‘सुनामी’ को संज्ञा दिएको छ। अदालतले जेठको पहिलो साता (मे मध्यमा) महामारी उच्च बिन्दुमा भन्दै त्यसका लागि के–कस्तो प्रबन्ध गरिएको छ भनेर सरकारलाई प्रश्न पनि सोधेको छ। ‘मे महिनाको मध्यमा महामारी उच्च बिन्दुमा पुग्दै छ। यो वास्तवमा सुनामी हो। हामीहरुले कसरी क्षमता बढाउँदै छौं? त्यो परिस्थितिका लागि अहिलेको मितिमा कसरी तयारी गरिरहेका छौं?’ अदालतले भनेको छ।

इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी, कानपुरले गरेको प्रक्षेपणमा जेठ पहिलो साता महामारीको दोस्रो लहर उच्च बिन्दुमा पुग्ने देखाएको छ। प्राध्यापक मनिन्द्र अग्रवालको टोलीले अमेरिका, इटाली र भारतको महामारीसम्बन्धी हालसम्म उपलब्ध तथ्याकंमा आधारित भएर उक्त प्रक्षेपण गरेको हो।

पछिल्लो लहर सुरु भएसँगै दिल्लीलगायत महाराष्ट्र, उत्तरप्रदेश, केरला, कर्नाटक, गुजरात राज्यमा संक्र`मण भयावह बनेको छ। पछिल्लो एक दिनमा उत्तरप्रदेशमा २२ हजार ५ सय ६६ र

छत्तीसगढमा १५ हजार २ सय ५४ जनामा सं`क्रमण पुष्टि भएको छ।भारतमा शनिबारसम्ममा १४ करोड ९ लाख १६ हजार`भन्दा बढीले खोप लगाएका छन्।आगामी १ मेदेखि अठार वर्ष`माथिका सबै उमेर समूहका लागि खुला गरिएको छ। भारतमा १६ जन`वरी देखि खोप अभियान सुरु गरिएको हो। गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आ`एको थियो। तर, को`रोना म`हामारी नियन्त्रणका लागि खोप अभि`यान पर्याप्त नभएको भन्दै मो`दी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो। kantipurdaliy

Leave a Reply

Your email address will not be published. Required fields are marked *