ठिमुराको पुल फेरि भत्कियो : एकको मृ’त्यु, दुईजना नदीमा बे’प’त्ता

चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको तर अघिल्लो महिना अचानक भ’त्केको मोटर गुड्ने पुलमा काम गर्दै गरेका

मजदुरहरुको मृ’त्यु, घा’इ’ते र बे’प’त्ता हुने गरी आइतबार बिहान फेरि अर्को दु’र्घ’ट’ना भएको छ ।चितवन जिल्ला प्र’ह’री कार्यालयले दिएको जानकारी अनुसार बिहान साढे ९ बजेतिर फर्मा खोल्दै गरेका १० जना मजदुरहरु त्रिशुलीमा बगेका थिए।बगेकामध्ये भारत घर भएका एकजना ४३ वर्षीय

मजदुर विजय यादवको नि’ध’न भएको चितवन जिल्ला प्र’ह’री कार्यालयका प्र’ह’री निरीक्षक देवराज काफ्लेले बताए। ‘फर्मा खोल्ने क्रममा मजदुरहरु नदीमा खसेको सूचना छ। उद्धार भएका ८ जनामध्ये उ’प’चारका क्र’म’मा एकजनाको नि’ध’न भयो। अरुको चितवन मेडिकल कलेजको शिक्षण अ’स्पतालमा उ’पचार भइरहेको छ,’ प्र’ह’री निरीक्षक काफ्लेले भने।

उनले दुईजना मजदुरहरु त्रिशुली नदीमा हराइरहेको र उनीहरुको गोताखोरले खोजी गरी रहेको बताए।नदीमाथि मोटर गुड्ने पुल बनाउन ७१ साल कात्तिकमा स’म्झौता भएको थियो। तर बनेर नसकिदै गएको चैत २४ गते राति अचानक त्यो पुल कामै नलाग्ने गरेर भ:त्केको थियो।स’म्झौता अनुसार ७४ सालको कात्तिकमै पुल बनाउने काम पुरा हुनुपर्दथ्यो। तर पटकपटक

गरेर चार पटक म्याद थपे पनि बन्न बाँकी रहँदै पुल कामै नलाग्ने गरेर भ’त्केको थियो। पुल दुई सय मिटर लम्बाइको छ। कंक्रिटका ४०/४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान पुलमा रहन्छ। चैतमा कंक्रिटको स्पान भत्केको थियो। यो पटक स्टीलको स्पान पनि भ’त्केको हो।‘अघिल्लो पटक

कंक्रिटको जसरी यो पटक फेरि स्टीलको स्पान भत्कँदा मजदुरहरु बे’प’त्ता भएको भन्ने खबर छ। केहीको उद्धार र उपचार भइरहेको छ,’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने। यो पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर इन्द्रेणीले संयुक्त रुपमा लिएका छन्।

पुल भत्कियो जानकारि पाएसि गएको हप्तामा भ्रष्टचार विरूद्दको अभियान “हाम्रो नेपाल-हामी नेपाली” चितवन अभियानका अभियान्ताहरूले सि.डि.यो कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएका
थिए ।

साथ साथै भरतपुरको सडक डिभिजन कार्यालय मा गइ पनि यस बिषयलाइ लिएर ध्यान आकर्षण गराउनु को साथै त्यो पुल पुन निर्माण गर्नु पर्ने भनि हाम्रो नेपाल-हामी नेपाली चितवनका संयोजन सिमा घतान विश्वकर्मा ले बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *