छिमेकी मुलुक भारतलाई जतासुकै प्र’तिबन्ध !

काठमाडौं। को’भिड–१९ का केसहरुमा एक्कासी वृद्धि भएसँगै दर्जनौं देशहरुले भारतबाट यात्रामा प्र’तिबन्ध लगाएका छन् । यससँगै नेपालमा संक्रमण फै’लिने जो’खिम उच्च भएको छ । भारतबाट यात्रामा प्र’तिबन्ध लगाएका यीमध्येका कैयौं देशमा नेपालबाट यात्रामा प्रतिबन्ध छैन ।

यससँगै अब यी देश जान चाहने भारतीयहरु नेपाल आएर नेपालबाट ती देश जाने क्रम बढ्नेछ । र, नेपालमा संक्रमण फैलिने जो’खिम पनि उच्च हुनेछ ।यसअघि नै भारतबाट जान नपाएपछि हजारौंको संख्यामा भा’रतीयहरु नेपाल आएर नेपालको विमानस्थलमार्फत खाडी देश जाने गरेका छन् ।

खाडीका केही देशहरुले भारतबाट यात्रामै प्र’तिबन्ध लगाएको र केही देशमा भारतबाट जानेहरु लामो समय क्वा’रेन्टाइन बस्नुपर्ने नियम भएपछि भा’रतीयहरु नेपाल आएर नेपालबाट तेस्रो मुलुक जाने क्रम बढेको थियो । अब, युरोपेली, अमेरिकीसहित अन्य कैयौं देशहरुले समेत यात्रा प्र’तिबन्ध लगाएपछि अब भा’रतीयहरु नेपाल आउने क्रम झनै बढ्नेछ ।

यसले नेपालमा संक्रमण फैलिने जो’खिम पनि झनै बढ्नेछ ।इण्डिया टुडेका अनुसार अमेरिका, अस्ट्रेलिया, हङकङ, बेलायत, पाकिस्तान, न्यूजिल्याण्ड लगायतका देशहरुले भारत यात्रामा प्र’तिबन्ध लगाइसकेका छन् । हङकङले आइतबार ‘इमरजेन्सी स’र्किट ब्रे’कर’ जारी गर्दै अप्रिल २० देखि लागू हुने गरी १४ दिनलाई भारत यात्रामा प्र’तिबन्ध लगाएको छ ।

पाकिस्तानले सोमबार २ हप्ताको लागि भारतबाट आउनेलाई प्र’तिबन्ध लगाएको छ । मंगलबार बेलायती प्रधानमन्त्री बोरिस जो’नसनले आफ्नो भारत भ्रमण स्थ’गित गरे । सोमबार नै बेलायतले भारतलाई यात्राको लागि ‘रे’ड लि’स्ट’मा राखेको थियो ।भोलि अप्रिल २३ शुक्रबारदेखि लागू हुनेगरी भारतबाट फर्किने बेलायतीहरु ११ रात क्वा’रेन्टाइनमा बस्नुपर्नेछ ।

बेलायती ना’गरिकबाहेक अरु कोही पनि भारतबाट बेलायत जान पाउने छैनन् । एयर इण्डियाले पनि अप्रिल २४ देखि ३० सम्म बेलायत र भा’रतबीच हुने सबै उ’डान र’द्द गरेको छ । अप्रिल २० मा अमेरिकाको से’न्टर फर डि’जिज क’न्ट्रोल एण्ड प्रि’भेन्सनले पनि आफ्ना ना’गरिकलाई भारत यात्रा नगर्न ए’डभाइजरी जारी गरेको छ ।

अमेरिकाले भारतलाई ‘को’भिडको अत्यन्तै उच्च जो’खिमयुक्त’ देशको रुपमा राख्दै ‘ले’भल ४’ वर्गमा राखेको छ ।अप्रिलका सुरुमा भारतबाट आएका २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि न्यू’जिल्याण्डले त्यतिबेलै भारतबाट यात्रा प्र’तिबन्ध लगाइसकेको छ ।अन्य कैयौं देशहरुले पनि भारतबाट आउनेहरुलाई उच्च नि’गरानीमा राख्दै भारतबाट आउनेमा संक्रमण पुष्टि भएमा ए’डभाइजरी जारी गर्ने गरेका छन् ।

टो’रन्टो सनका अनुसार क्यानडामा पनि संक्रमितहरु आउने सबैभन्दा ठूलो स्रोत भारतबाट हुने उडान भएको पाइएको छ ।युएइले भारतबाट आउनेहरुलाई सिधै प्र’तिबन्ध लगाएको छैन तर एयर इण्डिया एक्सप्रेसले सोमबार एक सू’चना जारी गर्दै अप्रिल २२ देखि दुबइ जान चाहने यात्रुले न’मूना संकलन गरेको ४८ घण्टाभित्र जारी भएको कोभिड ने’गेटिभ रिपोर्ट अनिवार्य ल्याउनुपर्ने बताएको छ ।

यस्तै कैयौं देशहरुले भारतबाट यात्रामा सिधै प्र’तिबन्ध लगाएका छैनन् तर भारतबाट आउनेहरुलाई को’भिड नेगेटिभ रिपोर्ट, अनिवार्य क्वा’रेन्टाइन लगायतका क’डा नि’यम लागू गरेका छन् । यसले भारतले ‘ए’यर ब’बल’ सम्झौताअन्तर्गत उडान संचालन गरिरहेका देशहरुमा हुने उ’डान पनि प्र’भावित हुने देखिएको छ ।नेपाल समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *