धरहरा चढेपछि प्रधानमन्त्री ओलीले सम्झे आइफल टावर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावरको स्मरण भएको बताएका छन्। शनिबार नवनिर्मित धरहराको उद्घाटनका क्रममा उनी धरहराको २०औं तला पुगेर पुष्पवृष्टि गरेका थिए।

मलाई अलिअलि आइफल टावर चढ्दाको स्मरण भयो। आइफल टावर चढ्दा माथि पुगेपछि उधुम हावा चल्छ। यसमा पनि मान्छेले जस्तोसुकै गर्मीको मौसममा पनि चढ्यो भने पनि त्यहाँको चिसो हावाले बेग्लै आनन्द दिनेगरी निर्माण भएको छ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले आफूले २०औं तलामा पुगेर घुमेर हेरेको र अत्यन्तै भव्य दृश्य देखेको बताए। ‘त्यो त्यति उचाइमा भएको हुनाले तीव्र वेगका साथ धेरै वेगका साथ हावा चलेको छ। किनभने, त्यो त्यति उचाइमा छ। जसले गर्दा त्यहाँ वेगका साथ हावा चल्छ। जसलाई कुनै चिजले पनि छेकेको छैन,’ उनले भने।Nepal live

प्रधानमन्त्री ओलीद्वारा नयाँ धरहराको उद्घाटन, २० औं तलाबाट पुष्पवृष्टि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले धरहराको २० औं तलाबाट पुष्पवृष्टि गर्दै २२ तले धरहराको उद्घाटन गरेका हुन्।

१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै बनेको नयाँ धरहराको आज ९शनिवार० प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए । विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। वि.सं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो।

वि.सं. १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको इतिहास छ। विसं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो। पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो।भुकम्पले भत्काएको धरहराको संरचनाको पुननिर्माण सम्पन्न भएपनि बाँकी संरचनाहरुको पुननिर्माण कार्य बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *