काठमाडौंमा गाडी चलाउँन नयाँ नियम

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जिल्लामा कोरो`नाको प्रभाव बढ्न थालेपछि सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा यातायात व्यवसायीलाई विभिन्न आदेश जारी गरेको छ ।

आज सुचना जारी गर्दै कार्यालयले सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाउने, सबै यात्रुलाई मास्क अनिवार्य गर्नुेपर्ने तथा सवारी साधनको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने लगाएत विभिन्न विषयमा ध्यान दिन आग्रह गरेको छ

सार्वजनिक यातायातमा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र यदि नलगाएको खण्डमा चालक तथा सह– चालकले बढिमा रू.१०÷ लिई मास्क उपलब्ध गराउन अनुरोध गरेको छ ।

त्यस्तै सुचनामा लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरूको स्थानदेखि अन्तिम गन्तव्य सम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) काठमाडौंलाई उपलब्ध गराउन समेत अपिल गरेको छ ।

त्यस्तै गरेर हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।

हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरी`लगायत सबै निजी सवारीमा जोर बि`जोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँ`डामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो

जिल्लाको हेटौँडामा कोरोना सङ्क्र`मण तीव्ररुपमा बढेसँगै सङ्क्र`मण बढ्न नदिन उक्त निर्णय लिइएको हो । उहाँका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ ।

यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रा`मक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *