खाली सिलिन्डर भर्न ग्यास उद्योगीले किन आग्रह गरे

काठमाडौँ — नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिन्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले शुक्रबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । छिमेकी भारतलगायत नेपालमा पनि कोरोना¥को दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ ।

नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको छ ।

गत वर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आक¥स्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चि¥एको थियो । आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएको थियो ।

त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो । ‘विगतको जस्तै समस्या आम उपभोक्ता¥ले व्यहोर्नु नप¥रोस् भ`नेर यसप¥टक बेलैमा सचेत गराइएको हो’, अध्यक्ष भण्डारीले भने । अहिले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उनले बताए ।

हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्या`सको माग रहेको छ । ग्यास उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता छ । उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको अध्यक्ष भण्डारीले जानकारी दिए Kantipurdaliy

Leave a Reply

Your email address will not be published. Required fields are marked *