कोरोना संक्रमणको जोखिममा नेताहरु (भिडियो सहित)

१० वैशाख, काठमाडौं । रोग, भोक र उमेरले वर्ग, पेश, धर्म केहि छुट्याउँदैन तर पनि स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमा राजनीतिक दलका नेताहरु उत्तिकै अग्रपंक्तिमा छन् ।

स्वास्थ्य मापदण्ड पालना नगरेको आधारमा प्रधानमन्त्री देखि राज्य मन्त्रीसम्म, जुनसुकै दलका अध्यक्ष देखि तल्लो तहका कार्यकर्तासम्म संक्रमणको उत्तिकै जोखिममा देखिएका छन् ।

भाइरसले गम्भिर बनाउँदा पद नहेर्ने भएपनि त्यसलाई बेवास्ता गर्ने परिपाटीले स्थिती दुखद् निम्त्याएका प्रशस्त उदाहरण भारतमा छन् । नेपालमा प्रधानमन्त्री रहेका केपी शर्मा ओ`लीले नै, सरकारको निर्देशन, स्वास्थ्य मापदण्डको धज्जी उडाउँछन् ।

प्रधानमन्त्री ओली सार्व`जनिक कार्य`क्रममा उत्तिकै सहभागी हुनेहुँदा ओली त्यतिनै जोखिममा छन् । गत मंगलबार अघिल्लो दिन आँफैले जारी गरेको आदेशको अवज्ञा गर्दै बालुवाटारमा दर्जनौं मानिस सहभागी गराउँदै प्रधानमन्त्रीले धार्मिक अनुष्ठान गरे ।

सामाजिक दुरी समेत कायम नगरी प्रधानमन्त्री ओली उक्त कार्यक्रममा निकै बेर सरिक भए । जारी गरेको आदेश जनताले मात्रै पालना गर्नु पर्ने तर आ`फूले पालना नग`र्नुपर्ने जस्तो` गरी प्रधा`नमन्त्री निवास बालुवाटारमा २५ जना भन्दा बढि मानिस भेला गरी सामान्य स्वास्थ्य मापदण्ड समेत पालना नगरी कार्यक्रम गरियो ।

तर यसमा प्रधानमन्त्रीको मात्रै दोष पक्कै होइन यसको ब्यवस्थापकीय जिम्मेवारी लि¥एको ब्यवस्था¥पन पक्ष र सचिवा¥लयको प्रमुख दोष देखिएको छ। त्यसयता पनि प्रधानमन्त्री ओली नियमित सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन् जहाँ २५ जना भन्दा बढि भेला हुने गर्छन् । बिहिबार मात्रै पनि नेकपा एमालेको नयाँ पार्टी कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री ओली थापाथली पुगे, सयौँ नेता कार्यकर्ता सहभागी भए ।

शुक्रबार मात्रै पनि एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको वैठक बालुवाटार मै आयोजना गरियो जसमा सयौँ नेता सहभागी भए । स्वास्थ्य मापद¥ण्डको नाममा मास्क भने प्रयोग गरेपनि सर¥कारले तोकेको सामाजिक दुरी र २५ जना भ¥न्दा बढि भेला नहुन गरेको निर्देशन प्रधानमन्त्री`को सरकारी निवा¥सबाटै उल्लंघन हुँदा २ पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली कोरोना भाइरसको उच्च जोखिममा छन् ।

ओली बाहेक, उनि नेतृत्वको सरकारका सबै मन्त्री उत्तिकै जोखिममा छन् कि`नभने ओली सह`भागी हुने सबैजसो कार्य¥क्रममा मन्त्रीहरु सहभागी भइरहेका छन् । मंगलबार बालुवाटारमा आयोजना गरिएको धार्मिक कार्यक्रममा ओलीसँगै ओली पत्नी राधिका शाक्य, पर्यटनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, नेता सुवास नेम्वाङ् लगायत दर्जनौँ व्यक्ति सहभागी थिए ।

तिनै अध्यक्ष ओलीले बुधबार र बिहिबार एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटे भने बिहिबार राती उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटार मै बोलाएर भेट गरे । यता दैनिक जसो सार्वजनिक कार्यक्रममा पुगिरहेका माधव कुमार नेपाल पनि कोरोना भाइरसको उत्तिकै जोखि¥ममा छन् । गत मंगल¥बार नेता नेपाल मात्र होइन, झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई समेत नेपाल पक्षीय सांसदहरु काठमाडौंको बानेश्वरमा घण्टौ एक साथ भेला भए ।

बिहिबार विहान पनि नेपाल पक्षका नेताहरु फेरि भेट गर्दै लामो समय एकसाथ समय विताए । नेता नेपाल बिहिबार साँझ जनकपुर गए र शुक्रबार विहान एक कार्यक्रममा सहभागी भए ।

शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दा नेता नेपालले मास्क लगाउन समेत आवश्यक ठानेनन् । यस्तै कोरोना भाइरसको उच्च जोखिममा रहेका नेतामध्ये अर्का नेता हुन् नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

सरकारले २५ जना भन्दा धेरै भेला नहुन आदेश दिएको भोली पल्टैदेखि प्रचण्ड पनि भेलाहरुमा सहभागी भइरहेका छन् ।

मंगलबार युथ फर नेशन को आयोजनामा भएको अन्र्तक्रिया प्रचण्ड सहभा¥गी भए । लेनिन दिव¥सको अवसरमा बिहिबार समेत पार्टी कार्यालय पेसिरडाँडामा आयोजित कार्यक्रममा प्रचण्ड सहभागी भएका थिए ।

एकातिर सरकारले कोरोनाको जोखिम रहेको भन्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिन्छ अनि सरकार सञ्चालन गर्नेहरु नै त्यसको उल्लंघन गर्दै हिडिरहेका छन् । जोखिम हुने भन्दै सार्वजनिक भेला गर्न समेत निषेध गरेपनि तिनै नेताहरु सार्वजनिक कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना नगरी सहभागी हुँदा नेताहरुमा संक्रमण हुने र ज्यान जोखिममा पर्ने सम्भावना त छँदैछ उनिहरुले नै संक्रमण फैलाउने जोखिम समेत बढेको छ ।

भर्खरै मात्र, भारतको कुम्भ मेलामा सहभागी भएर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई को¥रोना पुष्टि भए`को थियो । स्वास्थ्य मापदण्ड पा`लना नगर्दा भाइर¥सले राजादेखि रङ्क सम्मको ज्यान जोखिममा पार्ने हुँदा नेपालका राजनीतिक दलको प्रवृत्ती हेर्दा उनिहरु कोरोना संक्रमणको उच्च जोखिममा देखिन्छन् ।nepaltimes

Leave a Reply

Your email address will not be published. Required fields are marked *