क्राईम टिभीका पत्रकार माथि दिउँसै आक्रमण,दोशीलाई कारबाही गर्न चौतर्फी दवाव ।

सञ्चार चौतारी डट कममा सञ्चालक तथा क्राईम टिभी नेपालका प्रस्तोता कुशलभ केसी माथि कार्यकक्षमै हातपात भएको छ ।

समाचारको बिषयलाई लिएर आक्रोशीत भिडले कार्यक`क्षमै पुगेर पत्रकार माथि आक्रमण गरेका हुन् । सिफलमा रहेको कार्यलयमा दनदहाडै हमला हुँदा प्रहरीले उल्टै पत्रकारलाई चौकीमा लैजानु खेद जनक घटना हो ।

उनिहरुले लछारपछार गर्नुका साथै तथानाम गाली गरेको भिडियोमा हेर्न सकिन्छ । बैशा`ख २ गते काभ्रेको पाँच`खाल न पा वडा नम्बर ४ स्थित तामाघाटमा रहेको पुनस्थापन केन्द्रमा रहेका बर्ष २८ को सोम बहादुर दनुवारको निधन भए पछि दनुवारका आफन्तहरुले पुनस्थापन केन्द्र अगाडी नारावाजी गर्दै आक्रोश पोखेका थिए ।

सोही भिडियो क्राईम टिभी नेपालमा प्रशारण भएको भन्दै पुनस्थापन केन्दका पदाधि`कारीहरु गाडी रिजर्भ गरेर राज`धानी आएका थिए । समाचार प्रकाशन भएकै कारण भएको तल्लो स्तरको कार्यप्रति सञ्चार सम्बद्ध निकायहरुले भत्सर्ना ब्यक्त गरेका छन् भने दोशी उपर तत्काल कारबाही प्रकृया अगाडी बढाउन माग गरेका छन् ।

समाचार प्रकाशन भएको बिषयमा चित्त नबुझे कानुनी बाटो अपनाउनु पर्नेमा सञ्चार गृह मै गएर हुल हुज्जत गर्नु गैरकानुनी काम गर्दा समेत प्रहरीले काम नगरेकोमा चिन्ता ब्यक्त गरिएको छ .
nepalpukarr

Leave a Reply

Your email address will not be published. Required fields are marked *