११ वर्षदेखि बेपत्ता बाबुको खोजीमा लाग्दा पनि पत्ता नलागेपछि आमाका आखाँबाट बलिन्द्र आँशु

काठमाडौं । छोराको विवाह गरेको १५ दिनमै घर छाडेका व्यक्ति सम्पर्कमा नआउँदा परिवार पीडामा छ । छर`छिमेक, साथीभाई, इष्टमित्रले बेलाबखत बुबाकहाँ हुनुहुन्छ भनेर सोध्दा छोराको मन रुन्छ । परिवारमा बुबाले घर छाडेपछि आमाले व्यवहार सम्हाल्दै आउनु भएको छ । बुबाले घर छाडेका सुरुका दिनमा परेका कठिनाई विस्तारै खाटा बस्दैछन् ।

कहिले काही खाटा लागिस`केको घाउ कोट्या`इदिनेहरुका कारण आमा`का आ`खाँबाट ब`लिन्द्र आँशु झ`र्छन् ।काभ्रे` न`मोबुद्ध नगरपा`लिका व`डा नम्बर २ साविक`को दाप्चा फुलवारीका अमन्ती दाहाल आजसम्म घर फर्केर नआउँदा परिवारको यो वेदना सुनेर कम ग`रिदिने कोही छैन । खो`जी गरेर ल्या`इदिन्छु भन्ने कोही छैनन् । त्यसैले सुप्रियादेवी दाहाललाई अमन्ती सरको कुरा नसोधे पनि हुन्थ्यो भन्ने लागिरहन्छ ।

अमन्तीले चैत १५ गते विहान बनेपा बजारमा एक जना अधिबक्ताको कार्या`लयबाट फोन गरे । दिउँसो कलंकीको पेट्रोल`पम्प नजिकबाट छोरासँग भएको फोन सम्वादपछि न अमन्तीले परिवारसँग सम्पर्क गरे न त परिवारले सम्पर्क गर्न सकेको छ ।सुमनको परिवारले ३ बर्षसम्म अमन्तीको खोजी गरे ।

देशको कुनै पनि ठाउँमा बुबालाई देख्नेले खवर गर्नेछन भन्नेमा पनि सुमन बिश्वस्त छन् । उनको बुबालाई कतै देखेभेटेमा अमन्ती दाहाल परिवारका एक्ला छोरा सुमनलाई खवरगरिदिनु हुन हामी पनि तपाई सबैलाई अनुरोध गर्छौ gorkhali t.v ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *