लेखक सौरभ भन्छन्, ‘नेपाललाई एमसिसीले सिध्याउँछ’ (भिडिओ)

लेखक तथा विश्लेषक सौरभको पुस्तक ‘असहमति ३’ सार्वजनिक भएको छ। देशभरका पुस्तक पसलमा आज शनिबारदेखि उपलब्ध ६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू समावेश छन्।

विषयको विविधता रहेको पुस्तकमा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन्।

‘असहमति ३’ को लोकार्पण भिडियोमा सौरभले एमसिसीले नेपाललाई कालान्तरमा सिध्याउने बताएका छन्।

बिआरआई, बिमेस्टेक, एमसिसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मितामाथि प्रश्नचिह्न खडा गर्छ। हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानिया वा दक्षिण कोरियाजस्तो हुन सक्छौँ,’ उनले भनेका छन्, ‘यी कुरालाई आधारभूतरूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन्। त्यसैले मैले किताबमा मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको छु।’

बुक-हिल पब्लिकेसनले सार्वजनिक गरेको उनको पुस्तक लोकार्पणको भिडियोमा उनले वेदभन्दा अघि मुन्धुम लेखिएको समेत बताएका छन्। उनी भन्छन्, ‘तैत्तिरीय संहिता भनेको मुन्धुम नै हो। आफूलाई नेपालीहरूले आफैं चिन्नु पर्‍यो।’

इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको ‘असहमति ३’ ले पाठकको मन जित्नेसमेत उनले विश्वास लिएको बताएका छन्।

३सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ। असहमति शृंखलाको लेखकको यो तेश्रो पुस्तक होsetopati.com।

Leave a Reply

Your email address will not be published. Required fields are marked *