थापा गृहमन्त्रीमा पुन: नियुक्त, आजै शपथ

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: नियुक्त गरेका छन् ।

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुन: नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाको सचिवालयका अनुसार उनले आइतबार साँझ ५ बजे पुन: गृहमन्त्रीमा शपथ लिने भएका छन्। थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए।

माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो। नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाएका थिए। kantipurdaliy

Leave a Reply

Your email address will not be published. Required fields are marked *