ज्ञानेन्द्र शाहीको चे`तावनी– सञ्चारकर्मी गुरागाईँ माथि आक्र`मण गर्नेलाई का`रवाही गर

समाचार संकलनका क्रममा नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँलाई ठेकेदार मनोज भेटवालसहितको टोलीले आक्र`मण गरी ज्यान मा`र्ने ध`म्की दिएको घटनाको “हाम्रो नेपाल हामी नेपाली” अभियानले विरोध गरेको छ। `अभियानका संयोजक ज्ञानेन्द्र शाहीले विहिवार प्रेस विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

चैत्र ३० गतेे`~ काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यूटावरको प्रगति विवरण लगायतका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार गुरागाईंलाई ठेकेदार भेटवालसहित उनका दाजु भैरव भेटवाल, सुपर`भाइजर ज्ञानबहादुर रायले आ`क्रमण गरी सञ्चार सामग्रीसमेत तोड`फोड गर्दै ज्यान मा`र्ने ध`म्की दिएका थिए ।

सार्वजनिक प्रयोजनका लागि निर्माण हुन लागेको टावर निर्माणको विषयमा नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका सञ्चारकर्मीमाथि आक्र`मण गर्नु, “धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो’ संयोजक शाहीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ–`‘अभियान प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ ।

र, पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ अन्यथा अभियानले थप कदम चाल्न वाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *