सानैमा डाक्टरले लिएर गए,३० वर्षपछि घर फर्किँदा बुबाले चिन्नुभएन,आमासँग भेट नै हुन सकेन (भिडियो हेर्नुहोला)

सानैमा डाक्टरले लिएर गए,३० वर्षपछि घर फर्किँदा बुबाले चिन्नुभएन,आमासँग भेट नै हुन सकेन (भिडियो हेर्नुहोला)

यस च्यानल मार्फत थुप्रै समाचारहरू तथा थुप्रै कथाहरू लेखियो तर आज यस्तो वास्तविक कथा लेख्दै छु जुन कथा लेख्ने क्रममा मेरो आँखामा आँ’सु थामिएनन्। मान्छेको जिन्दगीमा आ-आफ्नै कथा, व्यथाहरू हुने गर्दछन्। यद्यपि कतिपय कथाहरू यस्ता हुन्छन् जसलाई लेख्न समेत निकै नै मन थामेर हिम्मत र शाहस जुटाएर लेख्नुपर्दो रहेछ।

आज लेखिएको घ’टना दाङको घ’टना रहेको छ। सानो करिब सात आठ वर्षको छँदा घर नजिकैको खोलामा खेल्ने क्रममा अर्जुनलाई टाउकोमा चो’ट लाग्छ। र त्यही चो’टले उनलाई आफ्नो घरपरिवारबाट टाढिने र जिन्दगीभर दु’खीरहने चोट बन्दछ। त्यो चो’टले उनलाई त्यतिबेला टि’ट’नास भएको हुन्छ र उनी त्यो चोट आफ्नो घरपरीवारमा बुबाआमाले गा’ली गर्नुहुन्छ भनेर केही दिन नभनीकन बरु रुमालले बाँधेर टारेछन्।

पछि घा’उ बढ्दै गएपछि बुबाआमाले थाहा पाउनुभएपछी गाउँको एक अस्पतालमा पुर्‍याउनुभएछ। गरीबी र आर्थिक अभावका कारण उनको बुबाआमाले उनको उप’चार धेरै समय गर्न पाउनुभएन। सकेसम्म त गर्नुभयो तर अन्तिममा केही सीप नलागेपछि डाक्टरले भन्नुभयो,” तपाईंहरूसँग पैसा छैन,यो बच्चाको उप’चार यहाँ नहुने भयो,अब म यो बच्चालाई लिएर जान्छु र जहाँ भएपनी लगेर उप’चार गर्छु।”

डाक्टरले त्यति भनेपछि बुबाआमाले सोच्नुभयो छोरा म’र्नुभन्दा छोरा जिवीत त रहन्छ भनेर आफ्नो छोरा उनै डाक्टरलाई नि जिम्मा लगाएर फर्किनुभएछ। अर्जुनले त त्यतिबेलाको कुरा बिर्सिसकेका हुन्छन्। उनी अहिले भन्छन्,”गरीबीको कारणले परीवारले इ’लाज गर्न सकेनछ,त्यो समयमा आठ-नौ हजार जति लाग्ने रहेछ जुन पैसा जुटाउन मेरो आमाबुबाले सक्नुभएन। डाक्टर साबले राम्रोसँग इलाज पनि गर्नुभयो र उहाँकै कारणले यतिबेला जिवीत पनि भएँ र म उहाँको यो उपकारलाई कहिले पनि भुल्न सक्दिन।

त्यो बेला त्यी डाक्टरले अर्जुनलाई उप’पचारका लागि भारत लैजानुभयो। त्यसपछि उनलाई उनी बिस्तारै निको भएछन्। अर्जुन त्यसपछि त्यीनै डाक्टरको दाजुभाइको घरमा बसेर हुर्किएछन्। केही समय पछि त्यी डाक्टर जसलाई अर्जुनले भगवान मान्थे त्यीनको पनि दे’हान्त भयो। अर्जुनले त्यसपछि त्यहाँ निकै दु’ख,कष्ट गर्दै हुर्किए। अर्जुनले कुराकानीमा सबै कुरा नबताएपनी उनको आँखा टिलपिल गरिरहेका आँ’सु बोलिरहेका थिए। उनले आफूले पाएको दुख बि’तिगयो अब बताएर के काम भने।

उनी भन्छन्,” भन्नलाई त बितेका कुराहरू थुप्रै छन् दाइ,मेरो कथाहरू समेट्ने हो भने निकै राम्रो फिल्म बन्छ जस्तो लाग्छ। मलाई नेपाली पनि त्यति राम्रो बोल्न आउँदैन। यद्यपि ३० वर्षपछि भएपनी परीवारको बीचमा त आइयो तर पनि पीडा त धेरै छ दीलमा।” उनलाई आफू भारतमा बसुन्जेल गाउँघरको न्यास्रो निकै नै लागेर आउँथ्यो। कहाँ होला मेरो घर ? कस्ता होलान् मेरो बाबुआमा? पढ्न पाएको भए पनि खोज्दैखोज्दै जाने थिएँ। पढ्न पनि पाइएन। न त भाषा नै जानिन्छ।

उनलाई आफ्नो घर नेपाल हो भन्ने मात्रै थाहा थियो तर नेपाल कुन ठाउँ हो,कति लाग्छ जानलाई त्यसबारे केही पनि थाहा थिएन। उनले नेपालको दाङ भन्ने चाहिँ सुनेका रहेछन्। उनले भारतमा रहँदा निकै दु’ख,संघर्ष गर्दै काम गर्दै बिताउँदै गए। समयसँगै उनी हुर्कीए। त्यसपछि उनको विवाह भयो। उनले विवाह पनि नेपाली केटी सँगै गरे। उनले श्रीमतीकै कारण नेपाल आएर काठमाडौमा काम गर्न सम्म पुगे।

उनी काठमाडौमा पनि दिनभर काम गरेर साँझपख कलंकीमा पुगेर गाडीहरू हेर्दै यीनै गाडीहरूमध्ये एउटा गाडी त मेरो घर सम्म पनि जान्छ होला भनेर सोच्ने गर्दथे। त्यत्तिकैमा उनले कलंकी बसपार्कमा दाङ जाने भन्दै गरेको आवाज सुने त्यहाँ गए। उनले गाडीबारे बुझे तर त्यो बेला दाङ जाने गाडी भने पाइएन। उनी अर्को दिनपनी त्यही ठाउँमा गए र गाडी कुरेर बसे। उनले प्राय सबै गाडीहरूलाई सोध्ने गर्थे कि दाइ यो गाडी कहाँसम्म जान्छ भनेर। उनलाई त्यतिबेला नेपाली भाषा पनि राम्रोसँग आउँदैन थियो र धेरै कुरा त मान्छेहरूले बुझ्दैनन् पनि रहेछन्।

त्यसको दुई दिनपछि उनले एकजना खलासी भाइलाई सोधे दाङ कति टाढा छ भनेर। त्यी भाइले निकै टाढा छ पस्चिममा पर्छ भनेर बताइदिए। उनले भाडा कति लाग्छ भनेर बुझ्दा त्यी भाइले १२-१३ सयजति लाग्छ,सबभन्दा टाढा नेपालको लास्टमा पर्छ भनेर पनि बताइदिए।

“एक्लै कहाँ जाउँ भनेर अलिक डर पनि लाग्थ्यो,पैसा पनि थिएन,त्यसपछि मैले पैसा कमाएर एकदुई महिनाको पैसा सेभ गरेर राखेँ। पैसा भएपछि र हातमा मोबाइल भएपछि मान्छे जहाँ पनि पुग्नसक्छ भन्ने आत्मविश्वास हुन्थ्यो। त्यो पैसा बचाएर राखिसकेपछी मैले आफ्नो फ्यामिलीको बीचमा जान्छु भनी निधो गरेँ।”

“मैले हुन त जनकपुर जाने गाडीमा टिकट काट्या थिएँ। तर म जनकपुर नगएर नारायणघाटमा झरेँ। त्यसपछि म दाङको गाडीमा करिब आठनौसय भाडा तिरेर रातको दस बजे गाडी चढेँ र दाङ पुगेँ। कहाँ पुगिएला भन्ने मनमा डर पनि थियो। त्यही पनि मोबाइल पनि छ अलिकति पैसा पनि चिन्ता लिन्न भनेर मनलाई सम्झाउँदै यात्रा गरेँ,”उनले भने।

उनी भोलिपल्ट बिहान दस बजे तिर दाङ तुलसीपुर बसपार्कमा उत्रिए। एउटासँग मात्रै सोधेर मात्रै उनको मन शान्त भएन त्यसपछि उनले अरु धेरै जनालाई दाङ यहि हो भनेर निश्चित हुनको लागि सोधे। सबैले दाङ यहि हो भनेर बताइदिएपछी मात्र उनी ढुक्क भए। उनी दाङ यहि हो भनेर ढुक्क त भए ? तर त्योसँगै कहाँ हो मेरो घर ? ,को हुन् मेरो बुबाआमा ? भनेर ढुक्क हुन सकेनन्। उनले त्यहाँ पुग्दा निकै वर्ष अगाडि त्यहाँ आउने र उनलाई लैजाने डाक्टरको बारेमा पनि सोधे तर कसैले पनि चिन्न सकेनन्।

त्यसैगरी सोध्ने क्रममा वर्षौं अगाडिको कुरा एकजनाले बागर भन्ने ठाउँ हो भनेर बताइदिन्छन् र त्यस ठाउँसम्म पुर्‍याइदिन्छन्। उनले त्यस ठाउँमा एउटा हस्पिटल छ भन्ने पनि सुनेका रहेछन्। त्यहाँबाट उनले एकजना अटोवालालाई सोधे उनले पुर्‍याइदिन्छु तर भाडा चार सयजती लाग्छ भनेर बताए। त्यसपछि बागर पुगियो। त्यहाँ पुगेर पनि धेरै मान्छेलाई सोधियो।आफ्नो इलाका आउन लाग्या भएर होला आफूले देख्या देख्या जस्तो खालको ठाउँ लाग्न थाल्यो। तर बागर त पहिले भन्दा त धेरै नै परिवर्तन भैसकेको थियो।

त्यहाँ चारओटा पिपलको बोट भएको याद थियो मलाई। मैले त्यो मान्छेलाई पनि गाउँको नाम भन्न सकिरहेको छैन। मैले उहाँलाई चार ओटा पिपलको बोट छ भनेर लोकेशन मात्रै भनिरहेको छु। त्यसपछि उहाँले चिन्छु भाइ थाहा छ भन्नुभयो। मैले कति भाडा लाग्छ भनेर सोधेँ उहाँले भन्नुभयो चार सय लाग्छ भाइ म पुर्‍याइदिन्छु भन्नुभयो। मैले पनि ठीकै छ पुर्‍याइदिनु भनेँ। भाडा त त्यति नलाग्ने रहेछ तर पनि म नौलो भएको र त्यस ठाउँबारे अनविज्ञ भएकोले लिएको रहेछन् भन्ने लागिरहेको छ। त्यही पनि पैसा ठूलो कुरो हैन मलाई मेरो घरसम्म चाहिँ पुर्‍याइदिनु भनेँ।

त्यहाँ पुगिसकेपछी अटोवालाले त्यहाँस्थित मान्छेलाई मेरो घ’टना वृतान्त सुनाइदिए। सानैमा डाक्टरले उपचार गर्न लगेको अहिलेसम्म घर नफर्केको भनेर पनि सुनाइदिए। त्यसपछि एकजना नजिकैको मान्छेले नै चिन्नुभयो यद्यपि उहाँको नाम त मलाई थाहा भएन। म कसैलाई पनि चिन्दिन थिएँ।

धेरै जनासँग सोधीखोजी गरिसकेपछि चौतारीमा बसेका मान्छेले उनलाई घरमा पुर्‍याए। घरमा पुग्दा बुबा बाहिर पेटीमा हुनुहुन्थ्यो। बुबा को आयो भनेर झस्कनुभयो। उहाँलाई छोरा आएको हो भनेर कल्पनासम्म गर्न सकेका थिएनन्। बरु सालो आउने कुरा थियो। सालो पो आएको हो कि भएर बुबाले भने किनभने बुबाले सालोलाई पनि चिन्नुभएको थिएन। त्यसपछि बुबाले मैले चिन्न सकिन भन्नुभयो।

त्यसपछि खत्री भाइले भन्नुभयो,”तपाईंले चिन्नुभएन र दाइ ?तपाईंको छोरो साइँलो हो भनेर भन्नुभयो।”त्यसपछि बुबाले आँखामा आँसु थाम्न सक्नुभएन। उहाँ भक्कानिएर ब’लिन्द्र आँ’सु झार्दै रु’न थाल्नुभयो। केहीक्षण त रुवाबासी नै जस्तो भयो। त्यसपछि अर्जुनले आमा खै भनेर सोधे, तर उनको दुर्भाग्य उनले आमालाई भेट्न पाएनन्। आमा त केही वर्ष पहिले नै बि’तिसक्नुभएको रहेछ। यसरी उनको एउटा सानो चोटले उनलाई जिन्दगीमा धेरै ठक्कर दियो। उनै अर्जुनको कथा आज प्रश्तुत गरियो।

अर्जुनलाई जिन्दगीमा दुई ओटा कुराले जहिले पनि अपशोच गरिरहन्छ। पहिलो कुरा उनले आफ्नो जन्म दिने आमालाई भेट्न र मुख देख्न पाएनन् भने अर्को कुरा आफूले पढ्न पाएनन्। उनी भन्छन्,” यदि मैले पढेलेखेको भए यतिबेला केही गर्थें पनि होला। अहिले जस्तो लेबर काम गरेर जिउनु पर्दैनथियो। उनी भन्छन्,सायद मलाई बचाउने डाक्टर अलिक बाँचेको भए मलाई पढाउनु पनि हुन्थ्योहोला। तर पनि म अहिले उहाँकै कारणले बाँचेर हिँडेको छु त्यसको लागि पनि म खुसी नै छु।

“यदि आमालाई भेटेको थिएँ भने मेरो जीवन सार्थक बन्ने थियो। यहि कुराको घिडघिडो लाग्छ अहिले पनि,मलाई बचाउनको लागि निकै दु’ख गर्नुभएको रहेछ त्यतिबेला,मैले आमालाई भेटेको किन दिएको डाक्टरलाई ? के भयो मलाई भनेर सोध्ने थिएँ।अरु त सबैलाई भेटेँ। यद्यपि ढिलो त भयो परीवारलाई त भेट्न पाएँ खुसी नै छु यतिखेर,”उनले भने। उनले यतिबेला आफ्नो श्रीमती र छोराछोरी समेत ल्याएका छन्। उनी गाउँमै ज्याला मजदुरी गरेर यतिबेला पेट पालिरहेका छन्। कृपया अर्जुनसँगको कुराकानीलाई पूरा हेर्नको लागि तलको लिंकलाई क्लिक गर्नुहोला।Sudhir media

Leave a Reply

Your email address will not be published. Required fields are marked *