आफ्नै दाईले ९ बर्ष को उमेरमा मुम्बईमा बे`चेकी चेली ४० वर्ष पछि पाकिस्तान हुँदै यसरी नेपाल आइपुगीन्, आफ्नो कथा सुनाउँदा आँ`शु रोकिएन (भिडियो हेर्नुस्)

९ वर्षको उमेरमा भारतमा बेचि`एकी एक चेली ४० वर्षको उमेरमा अहिले नेपाल फर्केकी छन् । उनलाई माइती नेपालको सहयो`गमा भारतमा बेचि`एको बताइएको छ । उनी अहिले राम्रोसंग नेपाली बोल्न पनि जान्दिनन् ।

तपाईको नाम के हो ? भनेर हिन्दीमा सोध्दा राममाया हो भनेर बताउँछिन् । पिप्लेगाउँमा आफ्नो घर बताउने उनी मात्र ८ वर्ष उमेर पुरा गरेपछि मुम्बइमा बे`चेको बताएकी छन् । जसले आफुलाई बेच्न लगेको थियो म तपाईलाई राम्रो काम दिलाईदिन्छु (सिलाई बुनाई सिकाइदिन्छु र पैसा दिलाइदिन्छु) भनेर लगेको उनको भनाई छ ।

फुपुको छोरीलाई पनि त्यसैगरी आफुसंगै लगेको महिलाको भनाई छ । मुम्बईमा बे`चि`एकी चेली अहिले पाकिस्तानवाट नेपाल फर्केकी हुन् । मुम्बईमा एक जना पाकिस्तानीले फे`ला परे । उनले म तलाई विवाह गर्छु अनि तँलाई नेपालमा आफन्तहरुकोमा लगिदिन्छु भनेर लिएर गएको बताएकी छन् । त्यो मान्छे धनि थियो । तर ति महिलाले मानिनन् । तर मुम्बईमा जसले उनलाई किनेको थियो । उसले धेरै पैसा पाएपछि भने त्यो पाकिस्तानीलाई नेपाली चेली बेचिदिए । यसरी उनी पाकिस्तान पुगेकी थिइन् ।

नेपालमा वि`प`न्न युवती र महिलाहरुलाई पैसा कमा`उने र राम्रो जिवन चलाउन सकिने भनेर द`ला`लहरुले भारतमा लैजाने गरेका छन् । यस्तै प्र`लो`भ`नमा परेर उनी मुम्बई पुगेकी थिइन् । उनीसंगै फुपुकी छोरीलाई पनि लगिएको थियो । फुपुको छोरी उनी भन्दा ठुलो उमेरकी थिइन् ।स्रोत ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *