नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

दार्चुला — भारतले सीमा नदी महाकालीको धार परिवर्तन बनाइरहेको पक्की तटबन्धको सोमबार स्थलगत निरीक्षण गरिएको छ । तटबन्ध निर्माणबारे सञ्चारमाध्यम र पछिल्लो समय संसद्मा समेत कुरा उठेपछि निर्माण सुरु गरेको ४ महिनापछि नेपाल–भारतका अधिकारीले संयुक्त रूपमा निरीक्षण गरेका हुन् ।

नापी विभागका प्रमुख नापी अधिकृत दयानन्द जोशीको नेतृत्वमा ५ सदस्यीय प्राविधिक टोली आइतबार दार्चुला पुगेको थियो । सोमबार साढे ११ बजेदेखि नेपाली र भारतीय प्राविधिक टोलीले करिब पौने घण्टा स्थलगत नि`रीक्षण गरेको हो ।

नेपाली टोलीमा जोशीसँगै सर्भे अफिसर कमल शाही, कपिलकटुवाल, सर्भेयर सहदेश घिमिरे र सुन्दर देवकोटा छन् । भारतको तर्फबाट डीएसएस माज जतिन्तर सिं`हको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरज सिंह र दिनेश सिंह सहभागी रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

टोलीले संयुक्त निरीक्षण गर्दै उक्त तटबन्धले नेपालतर्फ गर्ने क्षति र अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा छलफल भएको जिल्ला प्रशा`सनले जनाएको छ । ‘दुवै पक्षबीच कुन टेक्नोलोजी कसरी प्रयोग गर्ने विषयमा आ–आफ्नो धारणा आएको थियो,’ प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने, ‘हाम्रो टोलीले न्यु टेक्नोलोजीमा अगाडि बढ्नुपर्ने र भारतीय टोलीले पुरानै टेक्नोलोजीलाई आधार मान्नुपर्ने पक्षमा कुरा राखेको थियो ।

छलफलमा उठेका कुरा आ–आफ्नो विभागमा जानकारी गराउने र माथिल्ला अधिकारीको निर्देशनमा सहमति जुटाउने गरी मंगलबार थप छलफल हुने प्रजिअ जोशीले जानकारी दिए । सोमबारको द्विपक्षीय छलफल भारतको धारचुला तहसिलको तपोवनस्थित धौलीगंगा जलविद्युत् परियोजनाको गेस्ट`हाउसमा भएको थियो ।

२०७० मा आएको बाढीले सदरमुकामको गल्फै र बंगाबगड क्षेत्रमा नदीले कटान गरी नेपाली भूभाग नदीपारि भारतीय क्षेत्रमा परेको छ । बाढीपछि नदीको बहावलाई नेपाल फर्काएर भारतले गल्फैस्थित जिल्ला अस्पतालको पारिपट्टी पक्की तटबन्ध निर्माण सुरु गरेको छ । बाढीपछि नेपाल सरकारले सदरमुकाम खलंगा जोगाउन साढे चार किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको थियो ।

गल्फैको नमस्कारदेखि बंगाबगडको लास्कुखोलासम्म आफ्नै भूमितर्फ तटबन्ध बना`उंदा भारतीय पक्षको पटक–पटक अवरोध खेप्नुपरेको थियो । बाढीले सयौं घर बगेको पीडामा मह्लम लगाउने गरी भइरहेको तटबन्ध निर्माणमा भारतीय अवरोधले निर्माण कार्य नै बेलाबेलामा बन्द गर्नुपरेको थियो ।

भारतले बनाइरहेको तटबन्ध क्षेत्र नेपालको भूमिमा पर्छ । उक्त क्षेत्रमा वन, भू–संरक्षण, अस्पताल र केही व्यक्तिको जमिन छ । सीमा क्षेत्रमा संरचना निर्माण दुवै देशको सहमति चाहिने भए पनि भारतले हेक्का न`राखेको स्थानीय बताउँछन् । भारतीय संर`चनाकै कारण बाढीले सदरमुकाम क्षेत्रमा बढी क्षति पुगेको उनीहरूको भनाइ छ । बाढी आउनुपूर्व पनि भारतीय पक्षले पुलघाट क्षेत्रपारि पक्की तटबन्ध निर्माण गर्दा बंगाबगड र रिङताल बगाएको थियो ।

अन्तर्राष्ट्रिय सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि भारतीय पक्षले एकातर्फी धमाधम तटबन्ध बनाइरहेको हो । पुसको सुरुआतमै सीमा नदीको धार परिवर्तन गरेर तटबन्ध निर्मा`ण थालेदेखि नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले काम रोक्न पत्राचार गरेको थियो ।

त्य~सको वास्ता नै नगरी भारतले जबर्जस्ती निर्माण कार्य जारी राखेको छ । निर्माण सुरु गरेको ४ महिना पुग्दासम्म नेपाली पक्षले कुन मोडलको पक्की तटबन्ध निर्माण भइरहेको छ भनेर बुझ्न सकेको छैन ।यसअघि पनि पुस २५/२६ गते जोशीको नेतृत्वमा नेपाल`बाटै निरीक्षण गरी बनाएको प्रतिवेदन अहि`लेसम्म सार्वजनिक गरिएको छैन । भारतले एकतर्फी रूपमा पर्खाल लगाएर नेपाली भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसद्मा सर`कारको आलोचना भएको थियो । ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *