प्रचण्ड पत्नी सीता दाहालको अवस्था गम्भीर बन्दै छोरी रेणु दाहालले सार्वजनिक गरिन् उनीसँगको यस्तो तस्वीर

माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डकी पत्नी सीता लामो समयदेखि गम्भीर स्वास्थ्य अवस्था झेल्दै आइरहेकी छिन्। अहिले उनको स्वास्थ्य स्थिति पहिलेको भन्दा झन् गम्भीर हुँदै गइरहेको बताइएको छ। यस भन्दा अगाडि पनि उहाँलाई थप उपचारको लागि नेपालमा संभव नभएपछि मुम्बई लगिएको थियो। काठमाडौको मेडिसिटी हस्पिटलमा उपचार संभव नदेखिएपछी उहाँलाई डाक्टरहरूकै सल्लाह अनुसार भारतको मुम्बई लगिएको थियो।

प्रचण्डका स्वकीय सचीव जोख बहादुर महराका अनुसार उहाँलाई यसअघि पनि भारत,सिंगापुर,अमेरिका पनि लगिएको थियो। त्यसपछि पछिल्लो समय घरमै आराम गरिरहेकी र पहिलेको तुलनामा स्वास्थ्य स्थिति केही सुधारोन्मुख देखिएको थियो तर हालको अवस्था अलिक जटिल बन्दै गइरहेको बताइएको छ।

गत पुस २० गते प्रचण्ड उपचारको लागि भनेर मुम्बई गएतापनी उनी चाँडै नै फर्किएका थिए त्यहाँबाट। र पत्नी सीता दाहाललाई पनि बिरामी अवस्थामै घर फर्काइएको थियो। हिजो मात्रै प्रचण्ड पुत्री तथा चितवन महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नो फेसबुक अकाउण्टमार्फत बिना क्याप्सन सिकिस्त बिरामी आमाको तस्वीर सार्वजनिक गरेकी थिइन्।

उनले पोस्ट गरेको तस्वीरमा दुई छोरीको बीचमा सिकिस्त आमालाई राखिएको छ भने उनको पोस्टमा थुप्रै स्वास्थ्य लाभको कामना सहित कमेन्टहरू आइरहेका छन्। अन्तमा उहाँलाई स्वास्थ्य लाभको कामना। YouTube.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *