पूर्वी नेपालमा भूकम्पको धक्का पुरा पढ्नुहोस

काठमाडौँ । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजेर ६ मिनेटमा पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।

सिक्किमलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्र र काठमाडौंसम्म महशुस भएको हो । भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ ।

साथै भारतको कालिम्पोङ, दार्जिलिङ, सिलिगुरी, जलपाइगुढी, भुटानलगायत क्षेत्रमा भुकम्पको धक्का महसुस भएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ५.६ रेक्टर स्केल मापन गरेको बताएको छ ।

यो पनि पढ्नुहोस् काठमाडाैँ । युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले पछिल्लो समयको चर्चित गीत ‘फुलबुट्टे सारी’को कभर भर्सन सार्वजनिक गरेकी छन् । उनले शुक्रबार डिका इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत राजनराज शिवाकोटीको उक्त गीत सार्वजनिक गरेकी हुन् ।

उनले गीतको भिडियो पनि सार्वजनिक गरेकी छिन् । भिडियोमा उनी स्वयंलाई फिचर गरिएको छ ।उक्त भिडियोको निर्देशन, छायाँकन र सम्पादन डिका गुरूङले गरेका छन् । त्यस्तै। कलर करेक्सनको काम भने जोन राइले गरेका छन् ।

फाम्सीले नेपाली गीत गाएको देखेर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले खुसी व्यक्त गरेका छन् । ‘कति राम्रो, कति मिठो, राम्री पनि कति । सुहाएको पनि उस्तै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन ।’

‘फूलबुट्टे सारी’ मदन कृष्णसँगै मार्मिक लामा, मिलन अमात्य र आरिष्मा शिवाकोटीले गाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *