नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० नागरिकको मृ’त्यु भएपछि डाक्टर पनि अचम्मित, अनुसन्धान शुरू

काठमाडौं । कोरोनाविरु’द्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृ’त्यु भएपछि मृ’त्युका कारण पत्ता लगाउन सरकारले अ’नुसन्धान शुरु गरेको छ ।म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृ’त्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अ’नुसन्धान शुरु गरेको हो ।

खोपपश्चात् हुने अवाञ्छित घ’टनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृ’त्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अ’नुसन्धान शुरु गरिएकोे हो । डा. अर्यालका अनुसार मृ’त्यु हुनेमा दीर्घरो’गी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता क’मजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् ।

उनीहरूका आफन्तले पनि मृ’त्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् । तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अ’नुसन्धान शुरु गरेको बताइएको छ ।

नेपालले कोरोनाविरु’द्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् ।यो खोप लगाउनेहरूमा खासै ग’म्भीर खालको स’मस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार केहीमा सामान्य ज्वरो आउने र जिउ दुख्ने गरेको देखिएको छ भने कसैकसैलाई भने चिकित्सकको निगरानीमा राखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा को’रोना सं’क्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृ’त्यु भइसकेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *