काठमाण्डौं लामो समय देखि मिर्गौलाको उपचार गराई रहेका गोरखाका १४ बर्षीय प्रसिद्ध हमालको लागि आर्थिक रकम जुटेको छ ।
दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुले हमालको उपचारको लागि एक लाख छ हजार छ सय पचासि रुपैया संकलन गरि पठाएका छन्
सो रकम सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पिडित हमाललाई हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण गर्दै हाम्रो नेपाल-हामी नेपालीका संयोजक शाहीले स्वास्थ्य मन्त्रालयका हाकिमहरु करोडौको गाडी चढेर हिड्छन् पिडित हमालले तिरेको करको रकमबाट र उनि विरामी पर्दा उनको लागि विदेशमा श्रम गर्न गएकाहरुले एक छाक नखाई सहयोग गर्छन् भन्दै आक्रोस व्यक्त गर्नु भयो ।
शाहीले भ्रष्टाचार मात्र रोक्न सके मिर्गाैला पिडित हमाल जस्ता लाखौ बालक देखि बृद्धासम्मले निशुल्क उपचार पाउने बताउनु भयो ।
हस्तान्तरण गर्दै सुजु पोखरेलले नेपाल सरकारले गर्ने काम विदेशमा पसिना बगाउन गएका यूवाहरुले गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । त्यस्तै प्रशिद्धका बुबा शिब हमाल तथा आमा प्रतिमा हमालले सरकारले केहि नगरे पनि सहयोग गर्ने सहयोगि हातहरुले छोराको उपचारमा सहयोग गर्ने स्वदेश तथा विदेशका नेपाली तथा विदेशिहरुलाई धन्यबाद दिनु भयो ।
सहयोग गर्नेहरुमा नेपाल गोरखा परिवार दक्षिण कोरिया उपाध्यक्ष चिरञ्जीवी पोखरेल, खेमराज देवकोटा, प्रेम प्रसाद पोखरेल, रामचन्द्र गजुरेल लगायतको सहयोग र नेतृत्वमा सो रकम संकलन गरिएको हो
सहयोग गर्नेहरुमा खेमराज देबकोटा गोरखा, सन्तोष भण्डारी गोरखा,भुपराज पाण्डे खोटाङ,प्रेम प्रसाद पोखरेल गोरखा,सुरेश भट्ट गोरखा, नबराज भट्टराई गोरखा,बुद्धि नेपालगोरखा,रेबिका लामिछाने
गोरखा,जीवन दुवाडी गोरखा, रितिका श्रेष्ठ गोरखा,नरेश धामी बझाङ,गुरुङ अशोक चितवन,विनोद थापा गोरखा,प्रवेश रेग्मी बागलुङ,विमल देबकोटा गोरखा, मणि चोङ्बाङ तेह्रथुम, सुरेन्द्र पोखरेल गोरखा,तामाङ्ग रञ्जना ओखलढुङ्गा,कालिका पोखरेल गोरखा,भगवान थापामगर गोरखा,सुरज पोखरेल गोरखा ,रामचन्द्र गजुरेल गोरखा, दिपक अधिकारी गोरखा, सुरज चौधरी रुपन्देही, सन्तोष रोका स्याङ्जा,विक्रम बोहोरा गुल्मी,थापा भरत सोलुखुम्बु,
यमकुमार पुन पोखरा,सनिल लामा,सिन्धुपाल्चोक,बराम सविन गोरखा,राई कृष्ण धरान,नगेन राई धरान,सविन गुरुङ गोरखा,
सञ्जय डोटेल भक्तपुर, सुमन थापा गोरखा, रमेश दाहाल
आँपपिपल गोरखा, नवराज गुरुङ गोरखा, राजु अधिकारी गोरखा, राजु बानियाँ गोरखा, कमल भण्डारी गुल्मी ,सन्तोष काप्री गोरखा,
ईश्वर रेग्मी गोरखा, सन्तोष घिमिरे अर्घाखाँची, दयाराम घिमिरे, गोरखा, छिमी (कोरियन) ले सहयोग गरेकाहुन् ।