बिना मगर भन्नुहुन्छ : मेरो मेहनतले गर्दा उपत्यकाबासिको पानि पिउने सपना पूरा भयो,

आजको नेपाल खबर :पूर्व खानेपानीमन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छन् ।मेलम्ची खानेपानी आयोजना विकास समितिको निमन्त्रणामा सुन्दरीजल पुगेकी उनले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन् ।

सो अवसरमा उनले सञ्चारकर्मीसँग भनिन्, “मेरो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो ।उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौं उपत्यकामा वितरण गरिने छ ।

काठमाडौँ — भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ भ्याक्सिन सहयोग दिएको छ । भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई आइतबार त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज भ्याक्सिन काठमाडौं आइपुगिसकेको बताए ।

यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको पौडेलले बताए ।नेपाली सेनाले प्राप्त गरेको कोभिसिल्ड भ्याक्सिन संगठनभित्रका सैनिक र उनीहरुको आश्रित परिवारहरुलाई हस्तान्तरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।इ न्युज नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *