केपी ओली जस्तो भिजन भएको नेता बिश्व मै छैन : ऋषि धमला

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भनेर आफूहरुले सुरुदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराए ।

उनले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराउने पनि सुनाए ।रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सभापतिको रुपमा सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले नै देशलाई आमूल परिवर्तन गर्ने विश्वास दिलाए । उनले ओलीलाई भिजनरी लिडरको रुपमा चित्रण गरे ।

सम्बोधनको क्रममा पत्रकार धमला निकै भावुक बने । उनले क्लबलाई यहाँसम्म ल्याईपुर्याउनको आफूले धेरै संघर्ष गरेको पनि स्मरण गराए ।उनले प्रधानमन्त्री ओलीले कोरेको विकास र समृद्धिको यात्राले सगरमाथाको उचाईँ चुमोस भन्ने कामना पनि गरे ।

नेपाल र रावल एमाले पार्टी सदस्यबाट निलम्बित

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।पार्टीलेसोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो ।

आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिकोबीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *