अर्थमन्त्री लखेटिएको घटनाले रुपन्देहीका सीडीओ र एपीको सरुवा

१७ चैत, बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्र’हरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ ।

गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्र’शासन कार्यालय पर्सा सरुवा गरेको छ ।रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए ।

यसैगरी रुपन्देहीका प्र’हरी प्रमुख प्र’हरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ । सश’स्त्र प्र’हरी सीमा सु’रक्षा कार्यालयका प्र’ह’री उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ ।

स्रोतका अनुसार गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको वि’रो’धपछि बि’थोलिएको र अर्थमन्त्री विष्णु पौडेल दुई मिनेट पनि बोल्न नपाई कार्यक्रम छाडेर हिँड्नुपरेको घ’ट’नालाई लिएर प्रजिअसहित सु’रक्षा प्रमुखहरुको सरुवा गरिएको हो ।

उक्त शिलान्यास कार्यक्रम लगत्तै स्थानीयले औद्योगिक क्षेत्रको शिलालेख स्तम्भ र आयोजनाको सूचना बोर्ड भ’त्काइदिएका थिए ।स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेल बोल्दाबोल्दै दुई मिनेटमै मञ्च छाडेर हिँडेका थिए । त्यस क्रममा एमाले कार्यकर्ताले समेत स्थानीयमाथि ढुं’गामुढा गरेर प्र’तिकार गरेका थिए ।सरुवाबारे प्रतिक्रिया लिन खोज्दा प्रजिअ घिमिरे सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *