राष्ट्रकै भविष्य फेरि जोखिममा : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संग`ठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालीको आत्मनिर्णयको अधिकारसहित राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताए। ‘तपाईं हामी सबैको भाग्य, भविष्य, यो राष्ट्रकै भाग्य भविष्य, तपाईं हाम्रा सन्तति¥हरुको भ¥विष्य अहिले फेरि जोखिममा परेको छ, धरापमा पारि¥एको छ। नेपालीहरुको आत्मनिर्णयको अधिकार फेरि एकचोटी जोखिममा छ,’ दाहालले भने।

विगतमा नेपाली जनताले बाह्य हस्तक्षेपबाट नभई आफ्नाबारे आफैं निर्णय गरेर प¥रिणाम पनि निकालेको दाहालले बताए। शान्ति सम्झौतामा हस्ताक्षर, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधान घोषणा नेपाली आफैंले गरेको निर्णयको परिणाम रहेको दाहालको भनाइ छ। तर, अहिले आदेशपालक बनाउन खोजि¥एजस्तो महसुस आफूलाई भएको उनको भनाइ छ।

हाम्रोबारेमा निर्णय गर्दैगर्दा कसैको ड`र, ध`म्की, धा`क हैन हामी आफैंले निर्णय गरेर प¥रिणाम निकालेका थियौं। त्यो तपाईं/हामी सबैको गौरवको विषय हो। तर फेरि अहि`ले हामी निरीह हुन थालेको हो कि, फेरि नराम्रोसँग हेपिन थालेको हो कि,

नेपालीहरुलाई निर्णयको अधिकार छैन, तिमीहरु निरीह हौ, निरीह नै रहिराख्न खोजिएको हो कि?’ उनले भने, ‘तिमीहरुले बढी गर्‍यौं भने परिणाम भोग्न तयार होउ भनेर धम्की पो आउन थालेको हो कि? आदेश¥पालक बनाउन पो खो¥जिएको हो कि भनेको जस्तो लाग्छ। म नेतृत्वमा भएको हुँदा मलाई यस्तो लागेको, अलि बढी छटपटी, पीडाबोध भएको स्थिति छ।’

राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध नभए अझै ख`तरा हुनसक्ने दाहालले बताए। ‘जसरी संसद् भंग भयो त्यो संसद्‌मात्रै भंग भएको थिएन। संविधा¥नलाई कागजको खोस्टो बनाएर च्यात्न खोजिएको थियो, सार्व¥भौम नेपाली जनताको सार्व`भौम अधिकारको अपह¥रण हो त्यो।

सामान्य पहिला पहिला जस्तो मध्यावधि गर्ने भनेजस्तो हैन त्यो। अहिले सर्वोच्चले सच्चा¥एको छ,’ दाहालले भने, ‘तर अझै पनि खत¥राको कालो बादल मडारिइराखेको छ आकाशमा। नेपाली जनताले चनाखोपनलाई, राजनीतिक चेत¥नालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने ख¥तरा हुन पनि सक्छ।’kantipir dainik

Leave a Reply

Your email address will not be published. Required fields are marked *