नेपाल पक्ष छाडेर सांसद कृष्णभक्तले भने- अब मूलधारमा लागेँ, गल्ति भए माफ पाउँ

काठमाडौं । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल आज संसदीय दलको बैठक`मा उपस्थित भएर केपी ओली नेतृत्वको मूल`धारमा लागेको घोषणा गरेका छन् ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिने सांसद कृष्णभक्त पोखरेल ओलीतिर ला`गेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

दलको बैठकमा बोल्दै पोखरे`लले फागुन २३ ¥को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओ¥लीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए ।

‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएको¥ले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओ¥लीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।

उनले भने- छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङ¥लाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओली¥को अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।

पोखरेलले बेलायतमा पनि जोन मे¥जरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण दिए । माधव नेपालहरुले पनि केपी ओलीलाई बिनाशर्त साथ दिनुपर्ने उनको भनाइ थियो ।

चितवनबाट निर्वाचित सांसद पोखरेल कानुन व्यवसायी पनि हुन् । उनी नेकपा विभाज¥नको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगमा जाने गरेका थिए । उनी माधव नेपाल पक्षका प्रभावशाली नेता हुन् ।tajakhaber

Leave a Reply

Your email address will not be published. Required fields are marked *