डेढ सय मिटर अपलिफ्ट भएर खस्यो ‘गरुडा’

नेपाली विद्यार्थीहरुले बनाएको ‘गरुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ ।

लन्च प्याड, हावा¥को बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्मा¥णकर्ता मोहन ता¥माङले बताए। ‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,’ तामाङले भने, ‘मोट¥रमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन। हावा¥का कार`णले फर्कियो। ‘

इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए। १० मिटर उचाइको गरुडामा ‘पोटासियम नाइट्रेट र सुगर’ इन्धनको रुपमा प्रयोग गरि¥एको थियो। यो रकेटमा सो¥लिड प्रोपलेन्ट फ्युल प्रयोग भएको छ।

अबको एक महि¥नापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए। ‘हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँ¥दैन,’ उनले भने,’ अबको एक महिनाभित्र अहिलेका समस्या¥हरुलाई समाधान गरेर लन्च गर्नेछौं। ‘

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो स¥हयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए। सेनापति थापाले गरुडा प्रोजेक्ट आं¥शिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्र¥ह गर्दै हौसला प्रदान गरे¥का थिए। राष्ट्रिय आविष्का¥रक केन्द्रका प्रमुख महा¥विर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन्।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोज¥नामा हुन स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउ`नका लागि गरुडा तयार पारिएको हो। ७.४२ फिट उचाइ रहेको ग¥रुडाको व्यास ६ इन्चको छ।

यसैबीच, निय¥र एरो स्पेस नेपालले तयार गरेको आरम्भ-१ रकेटको पनि प्रक्षेपण असफल भएको छ। नेपाल स्पेस ड्रिम परियोजनाअन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा एम्याचुअर रके¥ट प्रक्षेपण पनि अस¥फल भएको हो। यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर खसेको भएको निर्माणकर्ता शिशिर जिसीले जान¥कारी दिए। आ¥रम्भ-१को ५० मिटर अपलिफ्ट भएर तल ख¥सेको थियो। एप्रिल १६मा चाही आरम्भ-२ को ९.५इन्च उचाइ भएको प्रक्षेपण।

यस्तै, भि¥मान मै परीक्षण गरि¥एको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमि¥टरसम्म उड्न सक्‍ने भनिएको ‘गौथली’ नाम गरेको औषधि बोक्ने ड्रोनको परीक्षण उडान पनि असफल भएको छ। उक्त ड्रोन एक किलोमिटर माथि पुगेर खसेको जिसीले जानकारी दिए।

प्रक्षेपण¥मा सह¥भागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमा¥ङ्गद कट्‌वाल,राष्ट्रिय आविष्कारक केन्द्र¥का प्रमुख महा`विर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्यारेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए। kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *