अब साउदी अरबले रोजगारीमा जानु अगाडी नै सीप परिक्षण गर्ने

काठमाडौँ । साउदी अरबले सीपमूलक रोजगारीमा जानेहरुको सीप परिक्षण गर्ने भएको छ । सीप¥युक्त काममा आउने विदेशी श्रमिकलाई भित्रियाउनु अगाडी नै अनिवार्य रुपमा सीप परिक्षण गर्ने भएको साउदी अरवको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आगामी जुलाई देखि यस्तो कार्यक्रम सुरु हुने भएको हो । साउदी अरबले प्रतिस्पर्धी जनशक्तिलाई भि`त्रियाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत साउदीले कुनै पनि श्रमिकलाई भिसा उपलव्ध गराउनु अगाडी सो व्यक्तिको सीप परिक्षण सम्वन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने अरव न्यूजले जनाएको छ ।

उक्त साउदी अरवको सो निर्णयको विभिन्न देशका दूतावासहरुले स्वागत पनि गरेका छन् । कार्यक्रम अनुसार सीपयुक्त काममा आउनेहरुको सीप परिक्षण सम्वन्धित मुलुकमा नै हुनेछ । यसका लागि अन्तराष्ट्रिय सीप परिक्षण केन्द्र¥हरुसँग समन्वय हुने जनाइएको छ ।

यसैगरी साउदी अरवमा नै कार्यरतहरुको सीप परिक्षण पनि गरिने सो मन्त्रालयले जनाएको छ । साउदी अरवको सो कार्यक्रमको श्रीलंका, पाकिस्तान, ईण्डोनेशिया लगायतका मुलुकका राजदूतहरुले स्वागत गरेको समाचारमा उल्लेख गरिएको छ ।

विदेश जान भन्दै लिएको एक लाख ऋणबाट ११ होटलको मालिकनारायण अधिकारी । फागुन २४, चितवन । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मा¥लिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्या¥इएपछि विदेश जान भन्दै ऋ`ण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन्

विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धा¥रामा होटल शुरु गर्नुभयो । मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उहाँले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गर्नुभयो ।

पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गर्नुभयो । पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।” रु ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट उहाँले पसल शुरु गर्नुभयो ।

सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।” आफूलाई भने होटलमै लगाव भएकाले साझे¥दारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उहाँले प्रेसिडेन्ट होटल शुरु गर्नुभयो ।

होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उहाँले भन्नुभयो, “पैसा नभएपछि २० कोठे घरको चार को`ठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।” क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षम`तामा सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यतिबेला उहाँसँग एक साझेदार पनि थिए ।

निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्काे घर लिएर उहाँले होटल शुरु गर्नुभयो । दुवै होटलको सफलताले उहाँलाई त्यतिकैमा रोकिन मन लागेन । उहाँले विसं २०६९ मा रुपन्दे`हीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गर्नुभयो । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गर्नुभयो ।

होटलको व्यवसाय फस्टाउँदै गएपछि उहाँलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गर्नुभयो । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उहाँलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो ।

भरतपुरमा सेकु`वाको व्यापार शुरुसँगै उहाँलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार शुरु गर्नुभएको छ ।

चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उहाँले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याउनु भएको छ । उहाँले भन्नुभया,े “हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।

उहाँको व्यवसायमा एकपछि अर्काे गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उहाँले बाला`जुमा आगामी चैतबाट बेकरी शुरु गर्दै हुनुहुन्छ भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गर्नुभएको छ । रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उहाँको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिनुभएको छ ।

व्यापारमा गरेको आम्दानीले अर्काे होटल र रेष्टुराँ खोल्दै चेनको विकास उहाँले गरिरह`नुभएको छ । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उहाँको चाहना छ । उहाँले भन्नुभयो “काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु ।”

होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उहाँले भन्नुभयो “अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।” २५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउनुहुँदै उहाँले भन्नुभयो “धेरैलाई साहँु बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।”

‘न्यून दरमा सेवा र गुणस्तर तारे होट`लसरह’ भन्ने नाराका साथ लाग्नुभएका उहाँले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पु¥याएका कारण सफलता मिलेको बताउनुभयो । एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न रु ५० लाखदेखि रु दुई करोडसम्म खर्च भएको उहाँको भनाइ छ ।

कम खर्चमा बनेको सुन्धाराको होटलमा रु ५० लाख लगानी भएको बताउँदै उहाँले भरतपुरको सेकुवामा रु दुई करोड खर्च भएको जानकारी दिनुभयो ।

व्यवसायसँगै उहाँले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले गुल्मीमा आ`फूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आउनुभएको छ । चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उहाँले समय समय सहयोग दिँदै आएको बताउनुभयो ।

व्यवसायमा उहाँलाई भाइ कृष्ण भण्डा¥रीसहित परिवारको साथ र सहयोग छ । सेवाग्राहकीको मायाकै कारण सफलता मिलेको बताउनुहुने उहाँले स्वदेशमै मिहिनेत ग¥यो भने सफल होइन्छ भन्नुभयो

आफूले मलेसिया जाने भनेर ढाँ¥टेर ऋण लिएर व्यवसाय शुरु गरेको स्मरण गर्दै उहाँले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गर्नुभयो ।

उहाँको सुझाव छ “क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत ग¥यो भने सफलता मिल्छ ।”रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *