काठमाडौंमा एक छाक खाना खानुपर्यो भने कति पैसा खर्च हुन्छ? त्यसमा मासु भात नै खानुपर्यो भने त दुई दिनको सादा खानले एक छाकलाई पनि पुग्दैन।सामान्यतया सादा खाना खानुपर्यो भने कम्तिमा एक सय रूपैयाँ गोजीमा हुनैपर्छ। यो तपाई हामीले खाएको, बुझेको र सुनेको कुरा हो। तर, अब ५० रूपैयाँ गोजीमा भयो भने पनि पेटभरी खाना खान पाइनेछ। त्यसमा १० रूपैयाँ थपेर ६० रूपैयाँ पुर्याउनुभयो भने त मासु भात नै खान पाइन्छ।वसन्तपुर दरबार क्षेत्रबाट परोपकार भिमसेनस्थान नजिकै रहेको ‘खाना सबैलाई’ सामुदायिक भान्छाले यसरी खाना खुवाउँदै आएको छ। यहाँ खाना खानको लागि दैनिक तीन सय भन्दा बढी ग्राहकहरू आउँछन्। जो सस्तोमा गुणस्तरीय र स्वादिष्ट खाना खाएर जान्छन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
अब नेपाल मा भारतीय नम्बर प्लेटका गाडी चल्ने-अब नेपालमा भारतीय नम्बर पेलेट को गाडी हरु सुचारु हुने काठमाडौं । नेपाल–भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन चलाउन दिन सिफारिस गरिएको छ
बिहीबार सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यस्तो सिफारिस गरेको हो । यस्तै, बैठकले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए ।
नेपाल र भारतका १३ वटा रुटमा पूर्ववत रुपमा यातायात सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय केन्द्रले गरेको हो । केन्द्रले यात्रीहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टाअगाडिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्थासहित दुई देशबीच यातायात सञ्चालन गर्न सिफारिस गरिएको हो ।
गत वर्ष चैत ११ गतेदेखि कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि नेपालमा लकडाउन गरिएपछि दुई देशबीच यातायात सञ्चालन पनि बन्द गरिएको थियो
Instant article मा यस्तै धेरै बिज्ञापन सेट अप गर्न तथा नयाँ वेबसाइटको लागि सम्पर्क :adhikari052@gmail.com