यी १५ तस्वीरमा हेर्नुस, मुख्यमन्त्री राई हेलिकप्टर चार्टर गरेर यसरी पुगे ससुराली……..

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । केही महिनाअघि मात्र बिहे गरेकी श्रीमती जाङमु शेर्पा`लाई साथमा लिएर मुख्यम`न्त्री राई श्रीमती जाङ्मुको जन्मस्थल संखुवासभा जिल्लाको मकालु गाउँपालि`काको सेदुवा र नोर्बु पुगेका हुन्

ससुरानी गाउँमा मुख्यमन्त्री राईको भव्य स्वागत गरिएको छ । उनको स्वाग`तमा त्यहाँ औ`पचारिक कार्यक्रम नै आयोजना गरिएको तस्वीरमा देखिन्छ । मुख्यमन्त्री पत्नी जाङ`मुले फेसबुकमार्फत तस्वीरहरु शेयर गरेकी हुन् ।
जाङमुले फेसबुकमा लेखेकी छिन् ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा म/कालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ

सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो । मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ किनकी त्यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *