केपी ओलीलाई देश र जनताको चिन्ता छैन, पद कै चिन्ता छ : पूर्वमन्त्री बिना मगर

निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्रीले पद लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छन्। नेपाल कम्युनिष्ट पार्टी बेलौरी नगर कमिटीद्वारा आयोजित नगर कमिटी भेलाला`ई सम्बोधन गर्दै निवर्तमान खानेपानी मन्त्री मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताइन्।

‘प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन। मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ। मात्र उहाँलाई पदको चिन्ता रहेछ।

भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउ`नुभयो। यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन्। प्रधानमन्त्री र उहाँका आसेपासेहरूको भविष्य अब धेरै लामो समय छैन।’

उनले थप भनिन्, ‘मैले सुन्ने गरेको छु प्रधानम`न्त्रीका नजिकका मान्छेहरूले संघीयता खारेज गर्नुपर्‍यो भनेर वकालत गरिरहेका छन्। जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरूलाई प्रधानमन्त्रीका मान्छेहरूले कुल्चने दुस्साहस गर्दैछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *