“म छाड्नेवाला छैन, लड्नेवाला छु; एकपटक फेरि क्रान्तिमा होमिन्छु – प्रचण्ड (भिडियो सहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन्।नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका प्रचण्डले अब काठमा`डौंभन्दा बाहिर बस्ने सोच बनाएको पनि बताए।

‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ बिहीबार पेरि`सडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले भने।उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेकोसमेत बताए।

‘केपी प्रवृत्तिका विरूद्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जन`युद्धको थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो। त्यो ओली प्रवृत्ति`माथि प्रहार गरेको हो। हिं`सामा जाने कुरा गरेको होइन, शान्ति`मार्फत् युद्ध गरेको हो,’ प्रचण्डले भने।उनले राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन्।

‘ठूला षड्यन्त्र भइर`हेको छ। राजनीतिक परिर्वतनमाथि हमला भइरहेको छ। फेरि आफ्नै खुट्टामा उभिने र पुराना साथीलाई एकतावद्ध गर्दै क्रान्तिकारीहरूमाथि नै भर पर्छौं,’ उनले भने।

उनले कोर्स करेक्सन गरेर प्रतिक्रि`यावादीहरूसँग लड्ने पनि बताए।‘म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ। म छोड्नेवाला छैन। एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ,’ उनले भने।स्रोत setopati video

Leave a Reply

Your email address will not be published. Required fields are marked *