देश बिकास गर्न कांग्रेस बाहेक कुनै पार्टीले नसक्ने प्रमाणित भयो अब :सेरबहादुर देऊवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई सत्ताको हतार नभएको तर आइलागे जिम्मेवारीबाट नभाग्ने दोहोर्याउनु भएको छ । शनिबार नेपाली काँग्रेस केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले देशकोे स्थिती अन्यान्तै तरल रहेको बताउनु भयो ।

यो अवस्थामा नेपाली काँग्रेसलाई सत्ताको लोभ नरहेकाे र सत्ताकाे हतार पनि नभ एकाे स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशको स्थिती अत्यन्तै तरल छ। नेपाली काँग्रेसलाई सत्ताको हतार त छैन । लाेभपनि छैन । तर, जिम्मेवारी आइपरे भाग्दैनौं

त्यस्तैगरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले झुठा नारा दिँदै जनतालाई, महिलालाई बहकाएर सत्ता टिकाउने खेल खेलको आरोप लगाउनु भएको छ । सभापति देउवाले कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसको बिरुद्धमा नेपाली काँग्रेस लड्न तयार रहेको पनि बताउनु भयो ।

प्रजातन्त्र जोगाउने पार्टी काँग्रेस बाहेक अन्य कुनै दल नभएको सभापति देउवाल जिकिर गर्नुभयोे । उहाँले भन्नुभयो, ‘ओलीले झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर सत्ता टिकाउने खेल खेलिरहेका छन्, उनी सर्वसत्तावाद लाद्न चाहन्छन्, तर हामी प्रजातन्त्रलाई स्थायीत्व दिन चाहन्छौँ ।।’nepalnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *