कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कु`हिएर जान्छन् ओली जस्तै – प्रचण्ड

काठमाडौं -: नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू बिग्रि`एपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालय पेरि`सडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पनि कु`हिएर बिग्रिस`केको बताउँदै कुहिएको अण्डाको संज्ञा दिनुभयो ।

कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्य`तामा आ`धारित आन्दोलन भए पनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने उहाँ`को भनाइ छ । उहाँले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विका`सको वर्ग संघर्ष पनि भएको बताउनुभयो ।

प्रतिनिधि`सभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षडयन्त्र विरुद्ध जनयुद्ध सुरु भएको स्मरण गर्र्दै उहाँले स`र्वोच्चको फैस`लासँगै सबै विजयी भएको बताउ`नुभयो । नेत्रवि`क्रम चन्द आफ्नै बाटोमा आए`कोमा खु`सी व्यक्त गर्दै उहाँले पार्टी~मा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभयो । भिडियो सुचना केन्द्र बाट

अर्का अध्यक्ष माधव कुमार नेपालले आफूहरूले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजी~नामा दिएर थोरै भए पनि नैतिकता देखाउन आग्रह गर्नुभयो ।

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राज~नीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उहाँको भनाई छ ।कार्य`क्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराइएको थियो ।suchankendra

Leave a Reply

Your email address will not be published. Required fields are marked *