मैले बनाएको एमाले हो, म कहाँ छाड्छु – माधव नेपाल

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्।

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको एमाले नछाड्ने बताएका हुन्।

उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु रप्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाबारे पार्टीमा छलफल गर्ने बताएका छन् ।

आइतबार संसद बैठक बहिस्कार गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपा एमाले आफूहरुले बनाएकाले पार्टीमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले आफूले बनाएको एमाले नछोड्ने अडान लिएका छन् । उनले केपी ओलीलाई अध्यक्ष नदिने पनि बताए ।

‘नेकपा एमालेबनाउँने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न ।

एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु ? अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं,’ अध्यक्ष नेपालले भने ।e-deuralinews

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *