यस्ता आठ बुँदे माग राख्दै योगेशले छोडे प्रचण्ड-नेपालको साथ !

काठमाडौं । अनौपचारीक रुपमा पार्टी एकता भंग भएर आन्दोलनमा रहेका प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले फरक मत राखेका छन् । उनी एकताको पक्षमा देखिएका छन् । त्यसका लागि दोस्रो तहका नेतालाई भूमिका दिनुपर्ने सुझाव दिएका छन् । यस अघि अर्का नेता जनार्दन शर्माले पनि पार्टी एकता कायम राख्नुपर्ने सुझाव पार्टीमा दिएका थिए ।

कांग्रेस नेतृत्वको सरकार गठन गर्न जनताको आदेश नभएको भन्दै स्थायी कमिटी सदस्य जनार्दन शर्माले सचिवालयबाहेकका सांसदहरु बसेर स्वतन्त्र निर्णय लिनुपर्ने प्रस्तावसहित आफ्नो फरक मत प्रस्तुत गरेका थिए । त्यसको भोलिपल्ट अर्का प्रभावशाली नेता योगेश भट्टराईले पनि फरक मत राखेपछि प्रचण्ड–माधवलाई झडका लागेको हो ।

स्थायी कमिटी सदस्यसमेत रहेका नेता भट्टराईले आज नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने ८ सूत्र सार्वजनिक गर्दै प्रचण्ड–माधव समुहले बोलाएको संसदीय दलको बैठकसमेत बहिष्कार गरेका छन् । भट्टराईले भनेका छन्, ‘इगो नराखौं, पार्टी जोगाएर जाने अवसर अझै पनि बाँकी छ ।’

यस्तो छ एकता जोगाउने भट्टराईको आठ बुँदा.
१। प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
२। इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने ।
३। केपी ओली, प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने ।

४। तीन अध्यक्ष राख्दा पनि नमिले झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालनबाहेक नीतिगत नेतृत्व गर्ने ।

५। महासचिव बिष्णु पौडेलको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने, अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।

६। महासचिव पौडेल नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।

७। प्रदेश सरकारहरुको पुनर्गठन गर्ने, संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व गराउने

८। स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने ।जनताको आबाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *