महरालाई भेटे विप्लवले

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्द विप्लवले पूर्व सभामुख कृष्णबहादुर महरासँग भेटेका छन् । महराकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

करिब दुई वर्ष लामो भूमिगत संघर्षपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको हो । गत शुक्रबार सरकार र विप्लव समूहबीच सम्झौता भएको थियो । त्यसयता विप्लव विभिन्न नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।

विप्लवले महरासँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ । उनी ओलीसँग नजिकिएको विषय बाहिर आइरहँदा प्रचण्डनिकट महरासँग भेटेका हुन्

विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी:-यो पनि पढ्नुस्

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपरासीबाट विहानै सार्वजनिक भए । उनी सडकमार्ग हुँदै काठमाडौं आइपुग्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज अपरान्ह संयुक्त रुपमा सम्बोधन कार्यक्रम छ । शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि विप्लवको अबको भूमिकाबारे चासो बढेको छ ।

विप्लव समूहलाई प्रधानमन्त्री ओलीले सरकारमा लाने तयारी समेत गरेको बुझिएको छ । त्यसबारे आन्तरिक छलफल चलिरहेको छ ।
ओली विप्लव समूहलाई सरकारमा लान तयार देखिएका छन् । उनलाई शान्ति प्रक्रियामा ल्याउनु विप्लवको ठुलो उपलब्धि मानिएको छ । त्यसकारण पनि उनी विप्लवलाई सरकारमा सामेल गराएर राजनीतिलाई अर्को मोडमा लान चाहिरहेका छन् ।

ओलीको सत्ता डगमगाइरहँदा विप्लव शान्ति प्रक्रियामा आएका हुन् । यसबाट विप्लवको सुरक्षित अवतरण भएको छ । ओलीलाई पनि अप्ठ्यारो परिस्थितिमा राजनीतिक लाभ मिलेको छ ।reportersnepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *