नेपाली श्रमिकको कारणवश मलेसियामा अंगभंग वा मृ’त्यु भएमा परिवारलाई आजिवन आर्थिक सु’रक्षा (समझदारी पत्रसहित)

काठमाडौं, २० फागुन । मलेसियाको सामाजिक सु’रक्षा संस्था (सोक्सो)ले मलेसियामा कार्यरत नेपाली श्रमिकको कारणवश अंगभंग वा मृ’त्यु भएको अ’वस्थामा श्रमिकमात्र नभएर श्रमिकको परिवारलाई समेत आजिवन आर्थिक (क्षतिपूर्ति) सु’रक्षा प्रदान गर्ने भएको छ ।

नेपाल सरकार र मलेसिया सरकारका सरकारी अधिकारीबीच सोक्सोको समझदारी पत्रमा स्वा’स्थ्य, अस्थायी असक्ष’मता, स्थायी असक्षमता र आ’श्रित लाभ शिर्षकमा हस्ताक्षर भएपछि श्रमिकसँगै परिवारलाई पनि आजिवन आर्थिक सु’रक्षा प्रदान गरिने भएको छ ।

समझदारी पत्रमा भनिएको छ, ‘अस्थायी असक्ष’मता, स्थायी असक्षमता र आ’श्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने छन् । कुनै पनि श्रमिक दु’र्घ’ट’नामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न यो’ग्य हुन्छ ।’

यसैगरी अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आय आर्जन तोकिएका शर्तका अधिनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने जनाइएको छ । यसैगरी आश्रित लाभअन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृ’त्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ ।

श्रमको सिलसिलामा नि:धन भएका श्र’मिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृ’त्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था सोक्सोमा रहेको छ ।

नेपालका तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र सोक्सोका प्रमुख कार्यकारी अधिकृत दातो डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदबीच समझदारी पत्रमा हस्ताक्षर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मंगलबार विज्ञप्तिमार्फत् दुई देशबीचमा समझदारी पत्रमा हस्ताक्षर सकिएसँगै श्रमिकहरु सामाजिक सुरक्षा, सु’रक्षा कार्यक्रम र ग:तिवि’धिमा सहभागी हुन पाउने दूतावासले जनाएको छ ।हाल मलेसियामा कम्पनी छाडेर गै’र’का’नुनी है’सियतमा काम गर्ने श्रमिकको संख्या ठूलो रहेको छ । यहीँ अवस्थालाई मध्यनजर गरेर श्रमिककै सु’र’क्षाका निम्ति यस्तो व्यवस्था गरिएको दूतावले जनाएको छ ।

दूतावासका अनुसार पहिलेदेखि मलेसियामा रहेका नेपालीलाई सामाजिक सु’रक्षा कार्यक्रममा सहभागी गराउने काम भइरहेको र अहिले ४ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध भइसकेका छन् । सन् १९६९ मा गठन भएको सोक्सोमा १ जनवरी २०२० पश्चात सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध हुनुपर्ने व्यवस्था गरिएको पनि दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *