सामाजिक अभियान्ता शरिन तामाङले महिला`सँगै बिहे गरिन् !

सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी हुन् ।

सामाजिक सञ्जालमा समाज`सेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु चकित भएका छन् ।

उनले लामो समय`पछि आफू समेलिंगी भएको सार्वजनिक गरेकी हुन् । शरिनसँग निकट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

शरिनको एक छोरा र एक छोरी छन् भनेे देवीको एक छोरी छन् । तर, दुवै जनाको श्रीमाेनसँग पहिल्यै डिभोर्स भइ`केको जुनु पुनले बताइन् ।

शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो । ‘मलाई पनि बोलाइएको थियो, म त रक्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।’

धरान माइती भएकी शरिन इजरा`इलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेस`बुक लाइभमा आएर आफ्नाे भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।समलिंगी बिहेलाई देवीकी आमा-बाबाले सहर्ष स्वीकार गरेका छन् । उनका आमा-बाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ ।

जुनुकाअनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भूमिका निर्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले समाजमा हिम्मत गरेर उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *