विवाह गर्दै अभिनेता आकाश श्रेष्ठ: के पुजासंगै कस्लान् त लगनगाठो ?

फिल्म ‘म त तिम्रै हुँ’ बाट अभि`नेताको रुपमा डेब्यू गरेका आकाश श्रेष्ठको फिल्म ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मासँग नाम जोडिने गरेको छ । फिल्म र म्यूजिक भि`डियोमा सहकार्य नटुट्नुले उनीहरु गहिरो प्रेम`मा रहेको चर्चालाई बल मि`ले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् । यद्यपि, दर्श`कहरुले यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका छन् ।

यो जोडीले गत वर्षको फा`गुनमा नै विवाह गर्न लागेको चर्चा चलेको थियो । तर, यस`लाई उनीहरुले अफवाह बताएका थिए । अब भने अभिनेता आकाश श्रेष्ठ यसै वर्ष वि`वाह गर्ने तयारीमा देखिएका छन् । हालै एक टेलि`भिजन अन्त`र्वार्तामा उनले विवा`हका लागि आफ्नो उमेर भएको र परि`वारबाट पनि दबाब आइरहेका कारण दर्शकहरुले चाँडै खुसीको खबर सुन्न पाउने बताएका छन् ।

उनले भनेका छन्, ‘म विवाहको प्लानिङ गरिरहेको छु । यसै वर्ष हुन्छ वा अर्को वर्ष, सायद चाँडै नै हजुरहरुमाझ एउटा न्यूज पुग्छ होला । सम्भवतः यसै वर्ष विवाह हुनसक्छ ।’ तर, उनले आफ्नो हुनेवाला श्रीमतीको बारेमा अहिलेसम्म टुंगो नलागेको बताएका छन् । यद्यपि, आफ्नो ‘इन्टरकास्ट म्यारिज’ हुनसक्ने उनको भनाई छ । पूजासँग विवाहको विषयमा भने आकाशले बोल्न चाहेनन् ।

उनले फिल्म क्षेत्रमा आफू`ले सबैभन्दा बढी विश्वास गर्ने पूजा रहेको बताएका छन् । ‘हामी एउटै फिल्डमा छौं, मैले नजानेको कुरा उहाँले सिकाउनुहुन्छ । व्यक्तिहरुसँग संगत गर्ने कुरामा पनि उहाँले भन्नुहुन्छ । म आज जुन स्था`नमा छु त्यसमा उहाँको पनि हात छ । हामीबीच जुन सम्बन्ध छ, त्यो कहिल्यै नबिग्रियोस् भन्ने चाहन्छु । बिहेको कुरामा चाहिँ अहिले नै भन्न सक्दिनँ,’ उनले भने ।

सधैँ ताजा र सत्यतथ्य समा`चार मनोरंजनको लागि हाम्रो वेवसाइट www.chitwanmedia.com हेर्दै गर्नुहोला । यदि तपाई सँग पनि साहित्य लेखन सम्बन्धि रुचि छ, लेख, गित, गजल, मुक्त्तक, चुट्किला या अन्य हाँस्यब्यंग्य छन वा त्यस विधामा कलम चलाउनु हुन्छ भने, कृपया हामीलाई सिधै (chitwanmedia.com) फेसबुक पेजको इन्बक्समा म्यासेज गर्नुहोला । तपाईको प्रतिभा हाम्रो आँगनमा तपाईका सामाग्रीहरु हामी प्रत्येक बुधबार र शनिवार प्रस्तुत गर्ने छौँ । सर्तहरु लागु हुनेछन । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *