प्रधानमन्त्री ओलीले तत्काल राजी`नामा दिनुपर्छ : प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजी`नामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।

अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैति`कता छ भने तत्काल रा`जीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

अझै अर्को नौ`टंकी गरे ओलीको दु`र्गती हुने उनको चेता`वनी छ ।

अदालतको फै´सला अनपे`क्षित, तर स्वीकार्छौं : प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदा`लतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए ।

‘सामान्यतया अपे´क्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदा´लतको फै´सलालाई स्वी´कार गर्छौं’, उनले भने ।

जुन सम´स्या देखाएर संसद विघ´टन गरिएको थियो, त्यो सम´स्या भने अब कायमै रहने चि´न्ता ज्ञवालीले व्यक्त गरे ।

‘जे सम`स्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदा´लतको फै´सला स्वी`कार गर्छौं’, उनले भने । स्रोत नेपाली राजनिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *