रवि लामिछानेले खोले नेपालमै पहिलो फोरके प्रविधिमा आधारित नयाँ टेलिभिजन !

सञ्चारकर्मी रवि लामिछानेल`गायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभि`जन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रवि`धिमा आधारित भएको लामिछानेले जानकारी दिए ।

न्यूज २४ टेलिभि`जनमा ‘सिधा कुरा जनता`सँग’ सञ्चालन गरेका उनको कार्य`क्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभि`जन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

उद्घाटन समा`रोहमा लामि`छानेले टेलिभि`जनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए ।

‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने ।

टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *