‘दाहाल-नेपाल समूहलाई बेवास्ता गरे अर्को द्वन्द्व’

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह`लाई सडकमा राखेर निर्वाचनमा जान खोजिए मुलुक अर्को राजनीतिक द्वन्द्वमा फस्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै उनले नेकपा र नेकपाको चुनाव चिह्न सूर्यलाई फ्रिज गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्यै निर्वाचन आयोगमा दर्ता भएको एमाले लिई चुनावमा जान खोजेको पनि बताए । य∆`सो गर्दा दाहाल–नेपाल समूहले निर्वाचनमा भाग नलिने र त्यसले नयाँ द्वन्द्वतर्फ मुलुक धकेलिने चिन्ता उनले प्रकट गरे ।

सिटौलाले लोकतन्त्र र संविधा∆`नवादको रक्षाका लागि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको औपचारिक निर्णय लिनुपर्ने धारणा राखेका थिए । ‘पुस ५ गते पार्टीले गरेको निर्णयलाई टेकेर अघि बढ्नुपर्छ । संसद् विघटनलाई असंवैधानिक, अलोक`तान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेपछि त्यस~लाई सच्याउने भनेको पुनःस्थापना नै हो,’ उनले भने, ‘हामी लोकतन्त्र र संविधानको रक्षाका लागि उभिएनौं र भोलि लोकतन्त्र संकटमा पर्‍यो भने त्यो कलंकको भारी कांग्रेसले पनि बोक्नुपर्ने हुन्छ, नेतृत्वले विचार गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले निष्पक्ष निर्वाचन गर्छन् भन्नेमा विश्वस्त नरहेको भन्दै उनले थपे, ‘संविधान, लोकतन्त्र र शान्ति प्रक्रियालाई बचाउन प्रतिनिधिसभा पुनःस्थापना नै विक`ल्प हो ।’ उनले यसो भन्दा सभापति शेरबहादुर देउवाले पटकपटक विचाराधीन मुद्दा भएकाले पुनःस्थापनाका विषयमा बोल्न नहुने बताइरहेका थिए । ‘प्रधानमन्त्रीले अदालतमा विचाराधीन रहेको अफताब आलमको मुद्दामा बोल्न मिल्ने, हामीले अलोकतान्त्रिक र असंवैधानिक कदम सच्याउनुपर्छ भनेर बोल्न नमिल्ने ?’ सभापतिलाई उनको` जवाफ थियो । सि“टौलाले प्रदेश १ र वाग्मतीका मुख्यमन्त्रीविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मत हाल्नुपर्ने बताएका थिए । ओली नेतृत्वको नेकपालाई प्रदेश सरकारमा पनि साथ दिन नसकिने उनको भनाइ थियो ।

अर्का पूर्वमहामन्त्री प्रका`शमान सिंहले निर्वा`∆चनका बारेमा पनि पार्टीले धारणा राख्न नहुने बताए । सभापति देउवाले सोमबार बुटवलमा दिएको अभिव्यक्ति`तर्फ संकेत गर्दै उनले विचाराधीन मुद्दामा निर्वाचनको पक्षमा पार्टीले दृष्टिकोण बनाउन नहुने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘कोर्टको निर्णय आउनुअघि निर्वाचनका बारेमा पार्टीले अर्ली धारणा किन बनाउने ?’ सिंहको भनाइ थियो, ‘कांग्रेस चुनावको पक्षमा छ भनेर कोर्टलाई किन सन्देश दिने ?’

बैठकले केन्द्रीय महाधिवेशन आगामी भदौ ७–१० गते नै हुने गरी बुधबारको बैठकमा प्रस्तुत कार्यतालिौकालाई सामान्य परिमार्जन गरेर अनुमोदन गरेको छ । जसअेनुसार वडाको असार ५, गाउँ र नगरपालिकाको असार ७, प्रदेश निर्वाचन क्षेत्रको साउन १, प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाको साउन ३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको साउन ६, प्रदेश अधिवेशन साउन १० र ११ गते तोकिएका छन् ।

यसैबीच, पार्टी क्रियाशील सदस्यता छानबिन समितिमा केन्द्रीय सदस्य रमेश लेखकलाई संयोजक बनाइएको छ । सदस्यता वितरण, नवीकरण, विवादित सदस्यको छानबिनलगायत सबै कामको टुंगो लगाउन केन्द्रीय कार्यसमितिले बिहीबारदेखि समितिलाई जिम्मा दिएको छ ।

पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवादका का`रण नवीकरण र वितरणमा ढिलाइ हुँदै आएको छ । समितिमा आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, जी`वन परि`यार, प्रदीप पौ`डेल र योगेन्द्र चौधरी सदस्य छन् । क्रियाशील सदस्यताको सम्पूर्ण विवाद टुंगाएर प्रतिवेदन केन्द्रीय सभापतिलाई बुझा`उन बैठकले जेठ १७ सम्मको मिति तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *