सुरक्षाकर्मी खोसिदा महत असन्तुष्ट, भने- सुरक्षाकर्मी फिर्ता गरे मलाई आक्रमण हुनसक्छ

काठमाडौँ। नेपाल सरकारले बहा`लवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा व्यापक कटौती गर्नुका साथै सुरक्षा जिम्मेवारीसमेत हेरफेर गरेको छ।

मन्त्रिपरिषद् बैठकबाट हालै पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्य`विधिमा नपरेका पूर्व तथा बहालवाला व्यक्तिका अंगरक्षक एवं निवास सुर~क्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल~लाई फिर्ता बोलाउन थालिएको छ ।

सुरक्षा कटौतीको सूचीमा कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतको पनि नाम थियो। अंगरक्षक फिर्ताको जा`नकारी दिन सुरक्षा अधिकारी महतको निवासमा पुगेका थिए। त्यस्तो निर्णय भएको थाहा पाएपछि महत चिन्तित देखि`ए`छन्। महतले सुरक्षा अधिका`रीसमक्ष भनेछन्, ‘म हाई थ्रेट भएको नेता हुँ, ममाथि यस`अघि पटक–पटक आक्रमण भएका छ~न् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रेट महसुस गरें।’

ती सुरक्षा अधिकारीले ‘कार्यवि`धिअनुसार गर्नू भन्ने सरकारको आदेश हो,’ भनेपछि महतले, ‘गृह सचिव, गृहमन्त्री र आवश्यक परे प्रधानमन्त्रीसँगै कुरा गर्छु,’ भनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *